कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ मा रहेको भुजेला रामेश्वर घाटमा मकर स्नानको तयारी पुरा भएको छ।नेपालीहरूको महान पर्व मकर संक्रान्तिको पावन उपलक्ष्यमा भुजेला रामेश्वर घाट तीर्थस्थलमा मकर स्नान गर्नका लागि माघ १ गते मकर स्नानको तयारी पुरा भएको वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिएका छन् । हिन्दुहरूको पवित्र स्थान शारदा मैयाँ कैलाश मानसरोवरबाट बगेर आएको महाकाली नदी तटमा स्नान घाट बनाएर धर्माबलम्बीहरूको सहजताका लागी सम्पूर्ण तैयारी सकिएको उनले बताए ।
उक्त घाटलाइ धार्मिक पर्यटकीय स्थल बनाउनका लगी यो वर्ष मकर संक्रान्तीमा मकर स्नान कार्यक्रमको आयोजना गरिएको उनको भनाइ रहेको छ। उनले भने ‘आफ्नै अगाडि पवित्र गङ्गा रहेको छ तर हजारौं रकम खर्च गरे अन्यत्र जाने प्रचलनलाई हटाउनका लागी पनि यो कार्यक्रम आयोजना गरेका हौँ।साथै अध्यक्ष थापाले छिमेकी देश भारतका बिभिन्न धार्मिक क्षेत्रमा खर्च गरेर जान्छौ तर आफ्नै क्षेत्रमा रहेको ठुलो गङ्गा स्नान पवित्र स्थलमा पनि आएर स्नान गरी पुण्य कमाउन उनले आग्रह गर्दै आफ्नै क्षेत्रमा रहेको यो धार्मिक क्षेत्रमा आएर आफूलाई पावन गर्न उनले आग्रह गरेका छन्। घाटमा आज राती भजन किर्तन गरिनेछ भने आगो ताप्ने व्यवस्था र सडक बत्तिको समेत गरिएको छ।






