महेन्द्रनगर : पवनदुत सार्वजनिक यातायात सेवा प्रा.लि.को चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार प्रालिको सभाकक्षमा प्रालिका अध्यक्ष निरञ्जन बहादुर मल्लको अध्यक्षता तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा विशिष्ठ अतिथी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष डम्बर दत्त पन्त, सुनौलो महाकालीका अध्यक्ष जनक बहादुर चन्द रहेका थिए ।

संस्थाको बार्षिक प्रगति प्रतिवेदन संस्थाका महासचिव विष्णु दत्त जोशीले प्रस्तुत गरेका थिए भने बार्षिक आर्थिक प्रगति प्रतिवेदन संस्थाका कोषाध्यक्ष देविदत्त पन्तले प्रस्तुत गरेका थिए । संस्थाले दुई जना व्यवसायी, उत्कृष्ट दुई जना कर्मचारी र एक जना चालकलाई सम्मान गरेको छ । व्यवसायीमा दुर्गादत्त भड्ड र नवराज बोहरालाई सम्मान गरिएको हो । त्यसैगरी कर्मचारीबाट सम्मानित हुनेमा दिपक सिंह भण्डारी र मदन सिंह भण्डारी रहेका छन् । त्यस्तै चालकमा महेन्द्रनगर–काठमाण्डौ रुट सुपप्र ०२००१(ख)१२७२ का चालक हर्क बहादुर ऐरलाई सम्मान गरीएको हो । सम्मानित हुनेलाई संस्थाका अध्यक्ष मल्लले खादा र सम्मान पत्र प्रदान गरेका थिए ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्नको लागि नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरलाई नगद पच्चिस हजार रुपया उपलब्ध गराएको छ । पवनदुत सार्वजनिक यातायातका अध्यक्ष मल्लले नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई उक्त रकम बरावरको चेक रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष महेश प्रसाद बोहराले राखेका थिए । कार्यक्रमको संञ्चालन संस्थाका कार्यालय प्रमुख माधव प्रसाद भड्डले गरेका थिए ।











