कृष्णपुर प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको दोस्रो दिन तीन खेल


कञ्चनपुर: जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ मा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको दोस्रो दिन तीन खेल हुने छन् ।

कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता ‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा सञ्चालन
प्रतियोगिताको दोस्रो दिन आइतबार तीन खेल रहेका छन् ।

जसमा पहिलो खेल कृष्णपुर नगरपालिका वडा नं. ४ र कृष्णपुर नगरपालिका वडा नं. ७ बिच बिहान ११:३० बजे, दोस्रो खेल बेदकोट नगरपालिका वडा नं. १० र कृष्णपुर नगरपालिका वडा नं. ९ बिच दिउँसो १ बजे र उक्त दिनको अन्तिम अर्थात तेस्रो खेल कृष्णपुर नगरपालिका वडा नं.८ र कृष्णपुर नगरपालिका वडा नं. ६ बिच दिउँसो २:३० बजे प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जानकारी दिएको छ।

उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिका ९ वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १४ टिम को सहभागि रहेको आयोजकले बताएको छ । खेल नक आउट आधारमा खेलाइने र प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र हात पार्ने छन् । प्रतियोगिता मंसिर ३० देखि पुस ६ गते सम्म संचालन हुने छ। भने प्रतियोगिताको फाइनल खेल पुस ६ गते दिउँसो १ बजे हुने छ।


ताजा समाचार

spot_img