राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले १२ औं स्थापना दिवस सम्पन्न

जेष्ठ नागरिकलाई सम्मान गरौंं, यु्वा पुस्तामा सीप हस्तान्तरण गरौं

कञ्चनपुर : राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले १२ औं स्थापना दिवस धुमधामका साथ मनाएको छ । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल २०६८ कार्तिक २२ गते स्थापना भएको थियो ।

सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया । जेष्ठ नागरिकलाई सम्मान गरौंं, यु्वा पुस्तामा सीप हस्तान्तरण गरौं । भन्ने मुल मन्त्र लिएको राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालले जेष्ठ नागरिकको हक हितको लागि काम गर्दै आएको कार्यक्रम प्रमुख गोबिन्द सिह विष्टले बताए । ‘जेष्ठ नागरिकलाई कुनै समस्या भए राष्ट्रिय जेष्ठ नागरिक समाजको कार्यालयमा वा संंस्था सँग आवद्ध कुनै पनि व्यक्तिलाई खबर गरे आफुहरुले समस्या निराकरण गर्नको लागि सक्दो पहल गर्ने’ विष्टले बताए । त्यसैगरी हालै गएको विनासकारी भूक्म्प बाट पिडित भएका जाजरकोट र रुकुमका जेष्ठ नागरिकहरुलाई केही सहयोग पुगोस भने उद्देश्यले संंस्था सँग आवद्ध जेष्ठ नागरिकहरुले सक्दो आर्थिक सहयोग गरी रहेको कार्यक्रमका सभापति जयानन्द बडुले बताए ।

राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल भीमदत्त नगर कार्यसमिति कञ्चनपुरको आयोजनामा भएको कार्यक्रममा भीमदत्त नगर कार्यसमितिका संयोजक जयानन्द बडुको सभापतित्वमा कार्यक्रम प्रमुख राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालका बरिष्ठ उपाध्यक्ष गोबिन्द सिह विष्ट रहनु भएको थियो भने कार्यक्र गोपाल सिंह खत्रीले गर्नु भएको थियो ।

ताजा समाचार