कञ्चनपुरको पुनर्वासमा कुमारी बैङ्क र टाउन हस्पिटल बिच सहुलियत उपचार सम्बन्धी सम्झौता

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी भेग स्थित आई बि आर डी मा रहेको कुमारी बैंक लिमिटेड र प्रतिभा नगर बजारमा रहेको टाउन हस्पिटल प्रालि बिच उपचारमा सहुलियत दिने सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कुमारी बैंकका ग्राहकहरुले पुनर्वास नगरपालिका वडा नं ६ मा रहेको टाउन हस्पिटल प्रालि मा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैकमा कार्यरत कर्मचारीहरू र बैंकका ग्राहकहरू र तिनका परिवारका सदस्यहरूले अस्पतालमा उपचार गराउँदा सेवामा छुट प्रदान गर्ने गरी अस्पताल र बैक बिच सम्झौता गरिएको हो । सम्झौता पत्रमा अस्पतालका तर्फबाट टाउन हस्पिटल प्रालि का प्रबन्ध निर्देशक पवन पन्त, सि ई ओ वेद प्रकास जोशी र कुमारी बैङ्क लिमिटेडका तर्फबाट बैकका प्रदेश प्रमुख नवीन मुनि बज्राचार्य र आई बि आर डी शाखाका बि एम कृष्णराज जोशीले हस्ताक्षर गर्नुभएको हो ।

कुमारी बैंक लिमिटेड आफैमा एक प्रसिद्ध राष्ट्रिय स्तरको ‘क’ वर्गको वाणिज्य बैंक हो बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर २९४ एटिएम सहितका ३०२ शाखा, ४९ वटा एक्सटेन्सन काउण्टर, ६२ शाखारहित बैंकिङ ईकाई मार्फत आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई शहर क्षेत्र बाहिर ग्रामीण क्षेत्रमा पनि गुणस्तरिय उपचारमा सहुलियत दिने उद्देश्यले कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका वडा नं ३ आई बी आर डी शाखा र टाउन हस्पिटल प्रालि बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको हो। सम्झौता सँगै पुनर्वास नगरपालिकामा रहेका कुमारी बैंक शाखा कार्यालयमा कार्यरत कर्मचारीहरू तथा कुमारी बैकका ग्राहकहरूले टाउन हस्पिटलमा उपचार गराउन आउँदा जुनसुकै प्रकारको अपरेसनमा १५ प्रतिशत छुट, डाईग्नोष्टिकमा १५ प्रतिशत छुट, ल्याब, एक्स-रे, ईसिजी, युएसजी, इको, टिएमटी, एबीपी, हल्टर, फिजियोथेरापी, बेड चार्जमा पनि १५ प्रतिशत छुट र सबै प्रकारका औषधीहरूमा ८ प्रतिशत छुट सेवा प्रदान गरिने अस्पतालका प्रवन्ध निर्देशक पवन पन्तले जानकारी दिनुभयो ।

उत्कृष्ट इमर्जेन्सी, न्यूरोसर्जरी, कार्डियोलोजी, अर्थोपेडिक सेवा, ल्याब, USG, एम्बुलेन्स सेवा र अन्य उपचारका लागि एक उत्कृष्ट निजी अस्पताल रहेको हस्पिटल का। प्रबन्धक पन्तले जिकिर गर्नुभयो । यस्तै, छुट सेवा प्रदान गरेकोमा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गर्दै बैङ्कका शाखा प्रमुख जोशी ले यो सम्झौता सँगै पुनर्वास नगरपालिका, आई बि आर डी स्थित कुमारी बैङ्कको सहुलियत प्रदान गर्ने पार्टनर भएको बताउनु भयो । सम्झौता अनुसार हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । उनले कुमारी बैङ्कका कर्मचारीहरू तथा कुमारी बैकका ग्राहकहरू ले यस छुट सेवा बारे थप जानकारी र अन्य प्रावधानहरू बारे थाहा पाउन आफू कार्यरत शाखा प्रबन्धक सँग सम्पर्क गर्न पनि बैङ्कले आग्रह गरेको छ । यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्लीस्थित मेद्धान्त अस्पताल लगायत देश भित्रका अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का, आदिमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको छ ।

ताजा समाचार

spot_img