जनप्रतिनिधि लगायत सरोकारवालाहरुलाई पालिका स्तरीय अभिमुखिकण कार्यक्रम सम्पन्न

महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा स्वास्थ्य सम्बन्धी पुनरस्थापना सेवाका लागि जनप्रतिनिधि लगायत सरोकारवालाहरुलाई पालिका स्तरीय अभिमुखिकण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा उक्त कार्यक्रम आयोजना भएको हो ।

भीमदत्त नगर पालिकाका उपप्रमुख निलम लेखक जोशीको प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउद रहेका थिए।

अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मान बहादुर साउँद र सचिव नन्दराज भट्टले विभिन्न स्वास्थ नीति र निर्देशिकाहरुमा पुनस्थापना सेवा सम्बन्धि गरिएको व्यवस्था लगायतका अधिकार सम्बन्धि स्थानीय सरकार र सरोकारवाला निकाय लाई प्रस्तुतीकरण दिनु भएको थियो।

ताजा समाचार

spot_img