कञ्चनपुर : किशोर किशोरी र अभिभावक सराेकारवालाहरूलाई लागू अाैषध दुर्ब्यसन तथा मदिरा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दिन प्रतिदिन लागू अाैषध दुव्र्यसन तथा मदिरा प्रयाेगकर्ता बढ्दै गए पछि विभिन्न संघ संस्थाले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएका छन । अहिले समाजमा लागू अाैषध दुव्यसन तथा मदिराले गर्दा किशोर किशोरीले अकालमै ज्यान गुमाउनु परेकाे छ। सरकारले प्रतिबन्ध गरेकाे आैषधी लुकिछिपी बजारमा सहजरूपमा बेचबिखन गरेकाे पाईन्छ ।

कार्यक्रमका सभापति नगर उप प्रमुख तुलसी जाेशीले यसकाे निराकरण गर्न सबैले लाग्नु पर्ने, याे अहिलेकाे विकराल समस्या काे रूपमा रहेकाे छ, यसलाई जरैबाट उखाल्न यस प्रकारका जन चतना मुलक कार्यक्रम आवश्यक रहेकाे बताईन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले गर्नु भएको थियाे ।

वत्ताहरूले लागू अाैषध तथा मदिरा नियन्त्रणकाे लागि सबैले आ-आफ्नाे घर बाटै नियन्त्रण गर्नुपर्नेमा जाेडदिएका थिए।कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख भाेजराज बाेहराले ‘दुर्व्यसन बाट युवा युवतिले बाच्न जरूरी छ। दुर्व्यसन एक प्रकारकाे राेग भएकाेले यसकाे राेकथाम गर्नु पर्छ । जनचेतना मुलक कार्यक्रम संञ्चालन गर्न जरूरी रहेकाे बताए । त्यसैगरी मदिराले धेरैकाे घरबार बिगारेको छ। याे पनि समाजकाे राेगकाे रूपमा स्थापित भएकाे छ । ‘

वेदकाेट नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा कञ्चनपुरले आयाेजना गरेकाे थियाे । कार्यक्रम सञ्चालन सुनिता भट्टले गर्नु भएको थियाे ।






