कहाँ गए दोधारा चाँदनीका एकमाया ?


दोधारा । दोधारा चाँदनी नगरपालिकाका एक महिला बेपत्ता भएका छन् । दोधारा चाँदनी नगरपालिका– ५ निवासी वर्ष अन्ताजी २३ कि एकमाया साँउद तिन देखि बेपत्ता भएका हुन् । बहिनीको सासुको घर जान्छु भनि घरबाट निस्केका एकमाया साँउद सम्पर्क बिहिन भएको रोशन साँउदले जानकारी दिएका छन् ।

एकमायाका परिवारजनले खोजी तलासीको लागी ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा निबेदन दिएको बताईएको छ् । घरपरिवारले खोजी कार्य जारी राखेका छन भने, कसैले एकमायालाई देख्नुभएमा परिवारजन तथा नजिकको प्रहरीलाई खबर गरिदिन सबैमा अनुरोध गरिएको छ् ।


ताजा समाचार

spot_img