दोधारा चाँदनीको बडुवाल टोलमा १ सय ५० घरधुरीलाई एलईडी वल्व बितरण


दोधारा । दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा एलईडी वल्व बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवालका १ सय ५० घरपरिवारलाई ३ सय थान एलईडी वल्व बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले जानकारी दिएका छन् । जलवायु परिवर्तन न्युनिकरणमा युवाहरुको भुमिका परियोजना अन्तर्गत नेपाल युवा संस्थाको आयोजना र ब्रिटिस काउन्सिलको सहयोगमा बडुवालका १ सय ५० घरपरिवारलाई ३ सय थान एलईडी वल्व बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

पृथ्वी जोगाउन हात एलईडीको साथ नारा सहित जंगली हात्ती प्रभावित बस्तीमा एलईडी वल्व बितरण गरिएको हो । एलईडी वल्वले बिद्युत खपत हुने हुदा सबैलाई उक्त वल्व प्रयोग गर्न अनुरोध गरिएका बताईएको छ् ।

आज बडुवाल टोलमा एक कार्यक्रमको विच उक्त वल्व बितरण गरिएको बताईएको छ् ।


ताजा समाचार

spot_img