दोधारा । जंगली हात्तीबाट मानविय क्षती रोक्न दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा आधुनिक बत्ती जडान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा भारतिय जंगलबाट भित्रिदै आएको हात्तीबाट मानविय क्षती रोक्न आधुनिक बत्ती जडान गरिएको छ् । बत्ती जडान गरिएकोमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले अनुगमन गरेका छन् । अनुगमनको क्रममा दोधारा चाँदनी नगरपालिकाका उमपेयर गंगा देबी जोशीले बिगत लामो समय देखि बडुवाल टोलमा जंगली हात्तीको बथान आएर धनमाल तथा मानविय क्षती गर्दै आएको कारण उक्त स्थानमा धनमाल तथा मानविय क्षती रोक्न आधुनिक बत्ती जडान गरिएको बताएका छन् ।


बडुवाल टोलमा अझै जंगली हात्तीको बथानले उपद्रो मच्चाउदै आएको छ् । भारतिय जंगलबाट भित्रिने गरेको जंगली हात्तीले अन्नवाली तथा मानविय क्षती गर्दै आएपछि दोधारा चाँदनी नगरपालिकाले केही महिना अघि उक्त बस्तीमा धनमाल तथान मानविय क्षती रोक्न आधुनिक बत्ती जडान निर्णय भएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् । बडुवाल टोल बस्तीमा जंगली हात्ती लगाएत वन्यजन्तु भित्रिने तथा क्षती गर्ने १३ स्थानमा आधुनिक बत्ती जडान गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर जोशीले बताएका छन् । जंगली हात्ती तथा वन्य जन्तुबाट जोग्गिन बस्तीमा उज्यालोको लागी आधुनिक बत्ती जडान गरिएको बताईएको छ् ।

केही वर्ष अघि बस्तीमा ११ थान सोर्यबत्ती जडान गरिएको थियो । सोर्यबत्ती बिग्रीएपछि जंगली हात्ती लगाएत वन्यजन्तु बस्ती पसेको बेला स्थानियहरुलाई ज्यान जोगाउन समस्या पर्दै आएको हो । हुल बाँधेर बस्तीमा आउने जंगली हात्तीको कारण बडुवाल टोलको जनजिवन प्रभावित बनाउदै आएको छ् । स्थानियबासी चन्द्र सिंह ल्ुहारका अनुसार बस्तीमा सोर्य बत्ती बिग्रएपछि जंगली हात्तीको कारण मानविय क्षती हुने सम्भावना बढेको बताका छन् ।

आधुनिक बत्ती जडान संगै रातीको समयमा हात्ती बस्तीमा पसेको हुने बताएका छन् । बडुवाल टोलका स्थानियहरुले बस्तीमा जंगली हात्तीको आतंक रोक्न दिर्घकालिन ब्यवस्थाको लागी माँग राख्दै आएका छन् ।






