बाढीबाट बस्तीलाई जोगाउन दोधारा चाँदनीमा पक्की तटबन्ध


पप्पु गुरुङ्ग, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको महाकाली नदीमा पक्की तटबन्ध निमार्णले तिब्रता पाएको छ् । दोधारा चाँदनी नगरपालिका– १० नजिक रहेको महाकाली नदीमा संघिय सरकार र स्थानिय सरकारको सयुक्त लगानीमा पक्की तटबन्ध निमार्ण कार्यले अघि बढाईएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह रावलले जानकरी दिनुभएको छ् । भारत संग सिमा रहेको दोधारा चाँदनी नगरपालिका– १० बाढीको उच्च जोखिममा रहेका वडा हो । वर्षेनी वर्षातमा महाकाली नदी र जगबुडा नदीमा आएको बाढीको कारण उक्त वडामा रहेका बस्तीहरुमा डुवान तथा कटानको चपेटामा पर्दै आएको छ् । महाकाली नदी र जगबुडा नदीमा रहेको दोभान क्षेत्र नजिक रहेको महाकाली नदीमा पक्की तटबन्ध निमार्ण संगै स्थानियहरुमा खुशीयाली छाएको छ् । १ सय ८२ मिटर लम्वाईमा निमार्ण भईरहेको तटबन्धको ९ मिटर उचाई, ९ मिटर लन्चिङ तथा ५०/५० मिटरको दुरीमा स्पर निमार्ण कार्य अघि बढाईरहेको दोधारा चाँदनी नगरपालिका कार्यालयका ईन्जिनियर दिपेन्द्र भट्टले जानकारी दिनुभएको छ् ।

अषाढ मसान्त सम्म निमार्ण कार्य पुरा हुने गरि रतौला निमार्ण सेवा र क्रिस निमार्ण सेवाले जिम्मा लिएको ईन्जिनियर भट्टले बताउनुभएको छ् । तटबन्ध निमार्ण संग दोधारा चाँदनी नगरपालिका– १० का बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, कुतियावकर बस्तीमा वर्षामा महाकाली नदीको जग्गा कटानी संगै भंगोलो पस्न रोकिने स्थानिय मोहन सुनारले बताएका छन् । तटबन्ध निमार्णले झण्डै ३ सय भन्दा बढी घरपरिवार लाभान्भित हुने बताईएको छ् ।

निमार्ण कार्य अघि बढाईए संगै स्थानियहरुमा खुशी छाएको छ् । वर्षायाममा मलेरिया नालामा पानीको बहाव तिब्र संगै जग्गा कटानी र पानी ओभरफ्लो भएर बस्तीमा पस्दै आएको थियो । निमार्ण कार्य सम्पन्न भए संगै बाढीको समस्या निराकरण हुने स्थानियहरुले बिश्वास लिएका छन् । वर्षौ देखि तटबन्ध निमार्णको माँग राख्दै आएका स्थानियहरुले पक्की तटबन्ध निमार्ण हुन लागेपछि खुशी छाएको हो ।


ताजा समाचार

spot_img