
पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका– ५ का अमृता बुढाथोकीको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ् । पुख्र्यौली पेसा कृषिलाई व्यावसायिक बनाएर तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनको र उनको परिवारको जीवनमा फेरिएको छ् । अहिले उनको खेतवारीमा भिन्डी, लौका, करेला, फर्सी, खुर्सानी, धनिया फलाएका छन् । दैनिक बिहान उठे देखि रात नपरुञ्जेल अमृता बुढाथोकी खेतवारीमै ब्यस्त देखिन्छन् । आफुले उत्पादन गरेको बेमौसमी तरकारीको बजारीकरण गर्न साईकलमा आफै बजार– बजारमा जाने गर्छन् । ‘तरकारी खेतीबाट घरमा आवश्यक सबैथोक पुगेको छ्’ अमृता बुढाथोकी भन्छन् । तरकारी बेचेर संकलन भएको पैसा बैंकमा राख्ने गरेका छन् । आफ्नो श्रीमान नेपाल प्रहरीमा कार्यरत रहेको र घरमा ११ जनाको जहान परिवार रहेको अमृताले आफुले उत्पादन गरेको तरकारी बेचेर नानीहरुलाई स्कुल खर्चा, बिद्युत बिल, लुगाफाँटा, घरमा हुने आउने सम्पुर्ण खर्चा तरकारी बेचेरै पुगाउने गरेका छन् । केही दिन अघि गोलभेडा र च्याउ खेतीबाट गरेर झण्डै १ लाख ५० हजार आम्दानी भएको अृमताले बताएका छन् । अहिले अमृताले भन्डी, लौका, फर्सी, करेला, खुर्सानी, धनिया बिक्री गर्दै आएका छन् ।

यस पटकको सिजनमा तरकारी बेचेर २ लाख जती आम्दानी गर्ने उनको योजना बनाएका छन् । केही दिन अघि आएको हावाहुरीले उनको टनेल च्यातिदिएपछि फेरी टनेल खरिद गर्ने सुरसारमा लागेको बताएका छन् । उत्पादित तरकारीलाई दोधारा चाँदनी नगरपालिका क्षेत्रमा साईकलमा आफै बेच्ने गरेको कहिलेकाही आफ्नो छोरी सुजल बुढाथोकीले सघाउने गरेको उनले बताएका छन् । व्यवसायिकरुपमा तरकारी खेती गरेको समय गन्ती गर्दा जीवनको झण्डै एक दशक नाघिसक्यो । यस व्यवसायबाट सफलता पाउदै गर्दा झन् व्यवसायमा मोह बढिरहेको उनले बताए । उनलाई अझै पनि यो व्यवसायबाट टाढा रहन मन छैन् । उनको परिवारको दरिलो आम्दानीनै तरकारी व्यवसाय बनेको छ् । उनी भन्छन्, ‘तरकारी खेतीबाट राम्रो सफलता पाए, छोराछोरीको पढाइ खर्च, घरायसी खर्च राम्रो संग चलेको छ ।

निरन्तर लागिपरेर काम गरियो भने फाईदा पनि राम्रै छ ।’ रुचि सानै देखि कृषिमै थियो । स्थानीय विद्यालयमा पढेका उनी कक्षा ४ मा सरले पढाएको ‘करेसाबारी’ शीर्षकको पाठबाट नै उनको मानसपटलमा कृषि प्रति आकर्षण बढेको उनी बताउछन् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले अमृता बुढा कुशल उद्यमी भएको बताएका छन् ।

वडा कार्यालयबाट हुने सहयोग गर्दै आएको बताउदै वडाध्यक्ष खत्रीले सबैले अृमता जस्तै उत्पादनमुखी कार्य गर्नु पर्ने आवश्यक रहेको बताएका छन् ।






