सशस्त्र प्रहरी चैंसिर माथि खुकुरी प्रहार घट्नामा संलग्न भनिएका दुई जना प्रहरी नियन्त्रणमा


दोधारा । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोज स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) का इन्चार्ज सई नरेन्द्र चैंसिर माथि खुकुरी प्रहार गर्ने समुहका दुई जनालाई प्रहरीले शनिबार दिउसो पक्राउ गरेको छ् । खुकुरी प्रहार गर्ने मुख्य ब्यक्ति भने पक्राउ पर्न सकेका छैनन् । उनी भारत तर्फ फरार भएको आशंका छ् । शुक्रबार राती गस्ती सकेर बिओपीमा फर्किरहेको सशस्त्र प्रहरीको टोली माथि होटेलमा बसिरहेका केही युवाहरुले आक्रमण गरेका थिए । ती युवा एक आपसमै झगडा गरिरहेका थिए । अबेर राती किन झगडा गरिरहेको भन्दै सई चौसिरले सम्झाउन खोज्दा उनी माथि खुकुरी प्रहार भएको बताईएको हो ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले घटनामा संलग्न भनिएका दुई जनालाई पक्राउ गरेको जनाएको छ् । स्थानीय जय बहेक र विक्रम नेपालीलाई पक्राउ गरिएको ईलाका प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक अर्जुन साँउदले बताए । उनका अनुसार खुकुरी प्रहार गर्ने रोहन बहेक भने फरार छन् । उनको खोजी कार्य चलिरहेको छ् । खुकुरी प्रहार गर्ने बहेक शुक्रबार दिनभरी इलाका प्रहरी कार्यालय दोधारामै थिए । युवाहरु बीच भएको झगडा बारे छलफलका लागि उनी इलाका प्रहरी कार्यालयमा आएको खुलेको छ् ।

साँझ छलफल सकेर फर्केका थिए । ‘उनी भारत तिर भागेको हुन सक्ने आशंका छ,’ प्रहरी निरिक्षक साँउदले भने, ‘घटनामा संलग्न अन्यको पनि खोजी चलिरहेको छ् ।’ उनका अनुसार खुकुरी प्रहार हुदा १०/१२ जनाको समुह थियो । विवाद बढदै जादा बहेकले सई चैंसिर माथि खुकुरी प्रहार गरेका थिए ।

उनको बायाँ पाखुरामा सामान्य चोट लागेको छ् । घटनापछि सबै युवा फरार भएकोमा दुई जना आज दिउसो पक्राउ परेका हुन् ।


ताजा समाचार

spot_img