
दोधारा । दोधारा चाँकदनीमा ड्युटीमा रहेका सशस्त्र प्रहरी बल नेपालका सई माथि खुकुरी प्रहार भएको छ । गए राति दोधारा चाँदनी नगरपालिका– ७ कन्चनभोजमा ड्युटीमा रहेका कञ्चनभोज बिओपीका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र चैसिर माथि अराजक गिरोहले खुकुरी प्रहार गरेको हो । राति करिब १० बजे पछिको समयमा झोलुङ्गे पुलमा बसिरहेका किशोरावस्था र युवावस्थाका दस पन्ध्र जनाको एक गिरोहलाई राति राति यसरी घुमफिर नगर्न र आ–आफ्नो घर जान भनेको सशस्त्र प्रहरीको गस्ती टोली केही पर पुगी फर्किदा सोही गिरोहका एक जना रोहन बहेकले खुकुरी प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

रोहन बहेक संग भारतिय नागरिक समेत रहेको बताईएको छ् । सशस्त्र प्रहरीका सई नरेन्द्र चैसिरको हातमा चोट लागेको छ भने आक्रमणकारी गिरोह फरार रहेको बताइएको छ् । नेपाल प्रहरी समेतको सहयोगमा आक्रमणकारीको खोजी गरी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरीले जनाएको छ् ।

आज बिहान ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदको टोलीले घट्नास्थलमा पुगेर स्थानियहरु संग जानकारी लिएको छ् ।







