
दोधारा । महिला अधिकारको सवालमा महिला अधिकार रक्षक सञ्जाल कञ्चनपुरको टोलीले दोधारा चाँदनी नगरपालिकाका मेयर, उपमेयर संग भेट गरेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगी महिला अधिकार रक्षक सञ्जाल कञ्चनपुरको टोलीले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी लगाएत दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रलाई भेट गरेका छन् । स्थानिय तथा प्रदेश सरकार लगाएतका सम्बन्धित सरोकारवालाहरु संगको समन्वय र सहकार्यमा महिलाबादी दृष्टिकोणवाट समाजलाई विश्लेषण गर्न र महिला तथा पछाडी पारिएका समुदायको विद्यमान सवाललाई संबोद्यन गर्न क्षमता अभिवृद्धिका लागि सहजिकरणका साथै नव–निर्वाचित महिला जन प्रतिनिधीहरुलाई महिलावादी दृष्टिकोण र त्यसको महत्वको बारेमा धारणा स्पष्टता ल्याउदै सहकार्यको वातावरण निर्माण गर्न सहयोग गरिदिन दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरुलाई आग्रह गरिएको छ् ।

आर्थिक वर्षको कार्यक्रममा महिलाहरुको जिवन स्तर उकास्नुको साथै महिलाहरुको क्षमता अभिबृद्धी गर्ने कार्यक्रम ल्याउन दोधारा चाँदनी नगरपालिकाका मेयर, उपमेयर लगाएत प्रमुख प्रशासकिय अधिकृतहरुलाई आग्रह गरिएको शुदुरपश्मिाञ्चल महिला जागरण संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा देबी खत्रीले जानकारी दिएका छन् । महिला अधिकार सञ्जाल कञ्चनपुरको टोलीमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, गैरसरकारी संस्था महासंघ कञ्चनपुरका लक्ष्मी बोहरा, नारी उत्थानका भुवन कुँवर, ओरेकका रेखा नेपाली, महिला अधिकारकर्मी भगवती थापा, शुदुरपश्मिाञ्चल महिला जागरण संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा देबी खत्री, कोषाध्यक्ष धनसरा चन्द लगाएत रहेका थिए ।

‘शुदुर पश्चिम प्रदेशका महिला मानव अधिकार रक्षक सञ्जालको आयोजना तथा मानव अधिकारको क्षेत्रमा कार्यरत संघ–संस्था, सञ्चारकर्मीहरु र स्थानिय तथा प्रदेश सरकार लगाएतका सम्बन्धित सरोकारवालाहरु संग को समन्वय र सहकार्यमा महिलावादी दृष्टिकोणवाट समाजलाई विश्लेषण गर्न र महिला तथा पछाडी पारिएका समुदायको विद्यमान सवाललाई संबोधन गर्न क्षमता अभिवृद्धिका लागि सहजिकरणका साथै नव–निर्वाचित महिला जन प्रतिनिधीहरुलाई महिलावादी दृष्टिकोण र त्यसको महत्वको बारेमा धारणा स्पष्टता ल्याउदै सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले ‘सामाजिक रुपान्तरणका लागि महिला नेतृत्व’ भन्ने मुल नाराका साथ शुदुरपश्चिम प्रदेश स्तरिय महिलावादी मञ्च २०८० आयोजना गर्न लागिएको व्योहरा जानकारी गराउन चाहन्छौं ।

महिला अधिकारका सवालहरुलाई सम्बोधन गर्नका लागि पालिकाले नीति तथा योजनाहरु निमाण गरि कार्यन्वयनमा ल्याएको सर्वविदितै छ् ।
तसर्थ सोही सवाललाई लिएर आयोजना हुन लागेका महिलाबादी मञ्चको आयोजनाका लागि ऐक्यवद्धता जनाई दिन हुन अनुरोध छ्’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई महिला अधिकार सञ्जाल कञ्चनपुरको टोलीले बुझाएको पत्रमा भनिएको छ् ।






