दोधारा । महाकाली नदीमा डुबेर दोधारा चाँदनीका एक पुरुषको मृत्यु भएको छ् । दोधारा चाँदनी नगरपालिका– १० प्रधान टोलका वर्ष अन्ताजी ७६ का रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् । आज बिहान प्रधान टोल नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा शव बरामद गरेको बताईएको छ् ।

हिजो देखि घरबाट सम्पर्क बिहिन भएका नाथको आज बिहान मात्रै प्रधान टोल तैरिरहेको अवस्थामा शव बरामद भएको प्रहरीको भनाई रहेको छ् ।







