दोधारा चाँदनी– १ मा तिन दिने योग बिज्ञान शिविर सम्पन्न


दोधारा । दोधारा चाँदनी नगरपालिकामा तिन दिने योग बिज्ञान शिविर सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– १ को पशुपती आधारभुत बिद्यालयमा तिन दिने योग बिज्ञान शिविर सम्पन्न भएको पतञ्जली योग समिति दोधारा चाँदनीका संयोजक हरिओंम रसाईलीले जनाएका छन् । नियमित योग गरी आफु र आफनो परिवारलाई स्वास्थ राख्न कार्यक्रममा आग्रह गरिएको छ् ।

व्यस्त जीवन शैली हुदा हाईजेनिक खानपानको कारण विभिन्न रोगहरुको शिकार भईने हुदा योग प्रत्येक व्यक्तिको लागि आवश्यक भएको पतञ्जली योग समिति दोधारा चाँदनीका संयोजक हरिओंम रसाईलीले बताएका छन् शिविरमा जनप्रतिनिधी, स्थानिय, शिक्षक, बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

दोधारा चाँदनी नगरपालिका सबै वडामा योग बिज्ञान शिविर संचालन गर्ने कार्यक्रम रहेको पतञ्जली योग समिति दोधारा चाँदनीका संयोजक हरिओंम रसाईलीले बताएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img