दोधारा चाँदनीमा ३ दिने योग विज्ञान शिविरि संचालनमा


दोधारा । दोधारा चाँदनी नगरपालिकामा ३ दिने वडा स्तरिय योग बिज्ञान शिविर संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १ मा पतञ्जली योग समिति दोधारा चाँदनीको आयोजनामा ३ दिने योग बिज्ञान शिविर संचालन गरिएको पतञ्जली योग समिति दोधारा चाँदनीका संयोजक हरिओंम रसाईलीले जनाएका छन् । नियमित योग गरी आफु र आफनो परिवारलाई स्वास्थ राख्न कार्यक्रममा आग्रह गरिएको छ् । व्यस्त जीवन शैली हुदा हाईजेनिक खानपानको कारण विभिन्न रोगहरुको शिकार भईने हुदा योग प्रत्येक व्यक्तिको लागि आवश्यक भएको पतञ्जली योग समिति दोधारा चाँदनीका संयोजक हरिओंम रसाईलीले बताएका छन् ।

३ दिने पतञ्जली योग शिविर पशुपती आधारभुत बिद्यालयमा संचालन गरिएको बताईएको छ् । शिविरमा दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्द, पशुपती आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रघुनाथ भट्ट, पिटिए अध्यक्ष महेश चन्द, पतञ्जली योग समिति दोधारा चाँदनीका संयोजक हरिओंम रसाईली, उपाध्यक्ष राजेन्द्र सिंह भण्डारी लगाएत स्थानिय, शिक्षक, बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

दोधारा चाँदनी– २ को एक बिद्यालयबाट वडा स्तरिय योग बिज्ञान शिविर संचालन गरिएको पतञ्जली योग समिति दोधारा चाँदनीका संयोजक हरिओंम रसाईलीले बताएका छन् । दोधारा चाँदनी नगरपालिका सबै वडामा योग बिज्ञान शिविर संचालन गर्ने कार्यक्रम रहेको उनले बताए ।

 


ताजा समाचार

spot_img