
दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा घोषणा गरिएको छ् । दोधारा चाँदनी नगरपालिका नगरकार्यपालिकाको आज बसेको बैठकले दोधारा चाँदनी नगरपालिका स्थित रहेको स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा घोषणा गरिएको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले जानकारी दिएका छन् । ‘हामीले नगर अस्पतालको सबै मापदण्ड पुरा गरेर प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा रुपान्तरण गरेका छौं’ प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले भने । प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, भिडियो एक्सरे, इसिजी सेवा, डिजिटल ल्याब, अन्तरंग सेवा, २४ घन्टे प्रसूति तथा अन्य सेवा सञ्चालनमा रहेको छ् ।

केन्द्रमा शल्यक्रिया र भ्यान्टीलेटर सेवाको तयारी अन्तिम भईरहेको छ भने, सर्पदंश लगाएत सेवा लगाएत सेवा प्रवाह गर्दै आएको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले बताएका छन् । एमडिजीपी गरि प्राथमिक स्वास्थ्य केन्द्रमा ४ जना डाक्टरहरु कार्यरत रहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घघाटन गर्दा यो केन्द्र पनि १५ सय्याको अस्पताल बनाउने निर्णय भएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई अस्पतालमा रुपान्तरण गरि सुबिद्या सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्न दोधारा चाँदनी– ६ महाकाली नदीको छेउमा सुबिद्या सम्पन्न आधुनिक अस्पतालको भवनको निमार्ण कार्यले तिब्रता पाएको छ् । नगर क्षेत्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निकसाईमन नामक संस्थाले प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई बिगतका दिनहरु देखि सघाउदै आएको छ् ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतको सक्रियताकै कारण प्राथमिक स्वास्थ्य केन्द्रमा बिभिन्न सेवा सुबिद्या संग नगर अस्पतालमा रुपान्तरण गरिएको बताईएको छ् ।






