
दोधारा । दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ् । शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानाले आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप लिक आउट टि ट्वान्टी क्रिकेट प्रतियोगिताको समउद्धघाटन गरेका छन् । आज देखि सुरु गरिएको दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप लिकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी २० गते सम्पन्न हुने आयोजक संस्था खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापाले जानकारी दिएका छन् ।


तेस्रो मेयर कप लिकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिताको समउद्धघाटन सत्रमा शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका नगरउप्रमुख गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिकाका पुर्व नगरउप्रमुख चिनी ओझा गिरी, दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष पदम सिंह रावल, हरिसिंह धनाडी, केशव खत्री, खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापा, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउद, सशस्त्र प्रहरीका डिएसपी भिम चन्द, हिमालय उपभोक्ता मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंह, शुदुरपश्मिाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा, कोषाध्यक्ष धनसरा चन्द खत्री लगाएत खेलप्रेमी तथा खेलाडीहरुको बाक्लो सहभागिता रहेको थियो ।


शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानाले चुनावको बेला आफुले दोधारा चाँदनी नगर क्षेत्रमा रहेको खेलमैदानमा मिनी स्टडियम बनाउने बाँचा गरेको हुदा आफुले चुनावको बेला गरेको बाँचालाई पुरा गर्ने बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा खेलाडी उत्पादन भएपनि उनिहरुलाई मार्गदर्शन तथा सहयोगको खाँचो रहदै आएको बताउदै आगामी दिनहरुमा प्रदेश सरकारबाट खेल र खेलाडीहरुलाई सहयोग गर्नको लागी आफु पछि नहट्ने शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानाले बताएका छन् ।


समउद्धघाटन सत्रमा खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापाले शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानालाई ज्ञापन पत्र बुझाउदै नगर क्षेत्रको खेल बिकासमा सहयोग गर्न आग्रह गरेका छन् । खेलको माध्यमबाट समेत नगर क्षेत्रलाई चिनाउने भएको हुदा खेल र खेलाडीहरुको लागी प्रदेश सरकार र स्थानिय सरकारले लगानी लगाउनु आवश्यक रहेको खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापाले औल्याएका छन् ।
प्रतियोगिताकाका विजेतालाई नगद रु. ५१ हजार र उपविजेता टोलीलाई नगद रु. ३१ हजार धनरासी र कप प्रदान गरिने खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् । प्रतियोगितामा दोधारा चाँदनीका ८ क्रिकेट टिमले सहभागी जनाएको छ् ।






