
दोधारा । शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको आर्थिक सहयोगमा दोधारा चाँदनी नगरपालिका क्षेत्रको मुख्य बजारहरुमा लागुऔषध बिरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ् । युवाहरुलाई कुलतबाट जोगाउन सचेतनामुलक कार्यक्रम संचालन गरिएको शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाका अध्यक्ष नन्दा देबी खत्रीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्र भारत संग जोडिएको खुला सिमा क्षेत्र रहेको र बिगतका दिनहरु भन्दा युवाहरु कुलतमा फस्दै गएको अवस्थालाई मध्यनजर राख्दै लागुऔषध बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरिएको संस्थाका अध्यक्ष खत्रीले बताउनुभएको छ् ।


सडक नाटक मार्फत सर्वसाधारणलाई सचेत बनाउने काम गरिएको शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाका अध्यक्ष नन्दा देबी खत्रीले बताउनुभएको छ् । उहाँले महिला दुव्र्यवहार, लागु औषधको दुव्र्यसनी तथा कारोबारीहरुबारे नाटको माध्यमबाट प्रष्ट्याईएको जानकारी दिनुभयो । दोधारा चाँदनी नगरपालिकामा पछिल्लो समय लागुऔषध प्रयोग गरी घरेलु हिंसा जस्ता सामाजिक अपराधहरु बढिरहेको भन्दै नाटक मार्फत चेतना फैलाउन खोजेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।


उहाँले किशोर अवस्था देखिनै कुलतमा फस्न सक्ने भएकाले अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयो । लागुऔषधका कारण जीवनको महत्वपूर्ण समय गुमाउनु पर्ने भन्दै मेयर लिम्बुले बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । सडक नाटक दोधारा चाँदनी नगरपालिकाको कालिका बजार, हेल्थ पोष्ट बजार र चाँदनी बजारमा सञ्चालन गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधी, सर्वसाधारण, बिद्यार्थी, प्रहरीको उपस्थिती रहेको थियो ।

सर्वसाधारण, बिद्यालयका बिद्यार्थीलाई चेतना दिने उदेश्यले नाटक प्रस्तुत गरिएको शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाका कोषाध्यक्ष धनसरा चन्दले बताउनुभएको छ् । साना तिना असफलता, सामाजिक परम्परा तथा कुरीताका कारण तथा साथी भाईको लहलहैमा लागेर किशोर किशोरीले सुरुमा लागु औषधको टेष्ट गर्ने र पछि त्यही आदतको रुपमा परिणत हुदा जीवन बर्बाद हुने भएको हुदा साथी भाईलाई असल कामका लागि मात्रै साथ दिनुपर्छ भन्ने सन्देश नाटकमा समिटिएको थियो ।
कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाका अध्यक्ष नन्दा देबी खत्री, कोषाध्यक्ष धनसरा चन्द, ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अर्जुन सिंह साँउद लगाएत कलाकार, स्थानियहरुको उपस्थिती रहेको थियो ।






