आर्थिक जिविकोपार्जका लागी किसानलाई सहयोग कार्यक्रम

कंञ्चनपुर : स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र पुर्नबास नगरपालिकाको सहयोगमा संचालित एकिकृत जिविकोपार्जनको पहल द्धारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत पुर्नबास नगरपालिकाका वडा न ११ का २० जना किसानहरुलाई तरकारी पोलि हाउस निर्माणका लागी सहयोग गरिएको छ यस क्षेत्रमा रहेका रोजगार गुमाई नेपालमा बिरोजगार रहेका युवाहरु,जनजाती,दलित,एकल महिला,अती बिपन्न समुदायका ब्यक्तिहरुलाई पोलि हाउस निर्माणाका लागी पलाष्टिक,बिउ,थोपा सिचाई,मल,बिषादी,औजारहरु,क्रेट लगायतका साम्रगीहरु सहयोग गरिएको थियो ।

त्यसै गरी पुर्नबास नगरपालिका वडा न ११ मा १५ जना किसानहरु र वडा न ७ मा ३५ जना किसानहरु लाई च्याउखेती उत्पादनका लागी सहयोग गरिएको छ उनीहरुलाई बिउ, बिषादी, पलास्टिक घर, पोलिबेग, हजारी, क्रेट, कालो पलाष्टिक, डोरी, ड्रम लगायतका साम्रगीहरु लगायत तालिम लगायतको सहयोग गरिएको जानकारी संस्थाका जेटिए लक्ष्मी बलमे जानकारी गराएका छन । यसैगरी अती बिपन्न समुदायका पुर्नबास नगरपालिकाको वडा न ६ र ७ मा ११ मा ५० जना भन्दा बढी किसानहरु लाई तरकारी खेतीका लागी सहयोग गरिएको छ तरकारी खेतीका लागी बिउ,जैविक मल,स्प्रे टयाकी,तरकारी बोक्ने भाडो,हजारी,औजारहरु,मलहरु,बिषादी,कुटोकोदालो लगायत समान सहित तालिम समेत दिई उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागी संस्थाले सहयोग गरेको छ उक्त कार्यक्रमहरु एक महिना अघि सहयोग गरेपछि अहिले किसानहरु तरकारी बेच्ने तथा च्याउहरु उत्पादन गर्नेमा ब्यस्त रहेका छन ।

अहिले द्रोस्रो चरणमा किसानहरु आफनो बारीमा तरकारी लगाउने,च्याउको घर निर्माण गरी बिउ सार्ने,तथा गोडमेल गरिरहेका छन भने केही किसानहरुले टमाटर लगायत तरकारी बेच्न समेत लागेका छन । यसभन्दा अघी पुर्नबास नगरपालिकामा हल्दी तथा अदुवा खेती लगायतमा पनि स्वीट नेपालले सहयोग गरेको छ । पुर्नबास नगरपालिका र युएनडिपीको आर्थिक सहयोगका पुर्नबास नगरपालिका ६ वटा वडाहरुमा कार्यक्रम संचालनमा रहेको जानकारी स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले जानकारी गराएका छन ।

ताजा समाचार

spot_img