दोधारा चाँदनीको सुन्दरनगर पुगेर एमाले उम्मेदवार पालले भनिन् – चुनाव जित्छौ, अरु दल जस्तो जाली कुरा गर्न हामीलाई आउदैन्


कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार निरुदेवी पालले चुनाव जित्ने दावी गर्दै जाली कुरा गर्न जरुरी नभएको बताइन् । दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरमा गरिएको कार्यक्रममा उनले मतदाताको घर आँगनमा पुग्दा पाएको मायाले आफूलाई जिते सरह लागेको बताइन् ।

उनले जनताको घर दैलोमा जाँदा पाँच वर्षको स्थायी सरकार एमालेले बनाउने र देशको मुहार फेर्ने एक मात्र एजेण्डा लिएर गएको बताईन् । ‘अरु दल जस्तो जाली कुरा गर्न हामीलाई जरुरी छैन,’ उनले भनिन्, ‘मतदाताको घरमा जाँदा वहाँरुले देखाएको सहभागिता र सहानुभूति देख्दा मैले जिते सरह भएको छ ।’

उनले दोधारा चाँदनी नगरपालिकाको समग्र विकासका लागि दर्जनौं योजना अघि बढाएको भन्दै यस पटकको निर्वाचनमा देशभरी नेकपा एमालेले बहुमतले चुनाव जित्ने पनि दाबी गरिन् ।

‘मैले जनताबाट अपार माया पाएको छु,, हामी विकासमा अहोरात्र खटिने पार्टीका सिपाही हौं,’ उनले भनिन्, ‘मैले दोधारा चाँदनी नगरपालिकामा परेको पीडामा सांसदमा बारम्बार बोलेको छु ।’


Loading Viewer...

ताजा समाचार

spot_img