दोधारा । अबको बिकासको सुर्य पश्चिम दोधारा चाँदनीबाट उदाउने नेकपा एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष तथा कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्टले बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगरमा आयोजित चुनावी भेटघाटको अवसरमा एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष तथा कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्टले अबको बिकासको सुर्य पश्चिम दोधारा चाँदनी नगरपालिकाबाट उदाउने बताएका छन् । एमालेको समृद्ध नेपाल सुखी नेपाली नारालाई पुरा गर्न आफू र आफ्नो पार्टी जनता सामु गरेको बिकासको कामलाई नेपाली काग्रेंसका नेताहरुले आफुहरुले गरेको जनमानसमा भ्रम छर्दै आएको उनले बताएका छन् ।


२०५६ साल देखि आफुले जितेर केही गर्न नसक्ने र नेकपा एमालेको सरकारले ५ वर्षमा गरेको जनमुखी बिकासको कामलाई मैले गरेको भन्दै जनतामा भ्रम छर्ने काम भईरहेको उम्मेदवार सुरेन्द्र बिष्टले बताए । ‘यो निर्वाचन केवल निर्वाचनको लागि मात्र नभई मुलृकलाई समृद्धिको यात्रामा लैजानका लागि हो’ प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले भने, ‘जनताका समस्या समाधान र यस क्षेत्रको विकास गर्ने अवसर दिन जनतामा आएका छौ ।’ उनले एमालेको समृद्ध नेपाल सुखी नेपाली नारालाई पूरा गर्न आफू र आफ्नो पार्टी जनता सामु आएको उनको भनाई छ् ।


बिकास गाँउबाट हुनु पर्छ, गाँउबाट विकास भए मात्र मुलकको विकास हुने’ विष्टले भने– ‘निर्वाचनमा आफ्नो पार्टी सफल भएमा दोधारा चाँदनी र भीमदत्तलाई स्मार्ट सिटीको रुपमा बिकास गर्ने आफनो योजना रहेको र अब विकासको सूर्य पश्चिमबाट उदाउने भएकोले त्यो सूर्य दोधारा चाँदनीबाट शुरुवात हुनेमा आफू ढुक्क रहेको बताए । ‘शैक्षिक समस्या समाधान गर्नु पर्नेछ । जिवन उपयोगी शिक्षा अहिलेको आवश्यकता हो ।

कुतियाकवर देखी खैयरभट्टी सम्म विकास आवश्यक छ, त्यो बिकासका लागि जनताले एमालेका उमेदवारलाई मतदान गर्नेमा आशावादी छौ’ उनले भने । कार्यक्रममा नेकपा एमालेका तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार निरुदेबी पाललले समग्र दोधारा चाँदनी नगरपालिकाको विकासका लागि दर्जनौं योजना अघि बढाएको भन्दै यस पटकको निर्वाचनमा देशभरी नेकपा एमालेले बहुमतले चुनाव जित्ने पनि दाबी गरिन् ।
‘मैले जनताबाट अपार माया पाएको छु,’ नेकपा एमाले र राप्रपाका तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार निरुपाल भनिन्, ‘हामी विकासमा अहोरात्र खटिने पार्टीका सिपाही हौं, मैले दोधारा चाँदनी नगरपालिकामा परेको पीडामा सांसदमा बारम्बार बोलेको छु ।’ उनले जनताको घर दैलोमा जाँदा पाँच वर्षको स्थायी सरकार एमालेले बनाउने र देशको मुहार फेर्ने एक मात्र एजेण्डा लिएर गएको बताईन् । ‘अरु दल जस्तो जाली कुरा गर्न हामीलाई जरुरी छैन,’ उनले भनिन्, ‘मतदाताको घरमा जाँदा उहाँहरुले देखाएको सहभागिता र सहानुभूति देख्दा मैले जिते सरह भएको छ ।’






