दोधारा । दोधारा चाँदनी नगरपालिकामा अपांगता भएकाहरुलाई सहायक सामग्री उपलब्धताको बारेमा छलफल गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का शारिरिक अपांगता पुनरस्थापना केन्द्रका कार्यक्रम संयोजक टेक बहादुर बुढाका बिच अपांगता भएका ब्यक्तीहरुलाई सहायक सामग्री उपलब्धताको बारेमा छलफल गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्दै आएका अपांग भएका ब्यक्तीहरुलाई उनिहरुको हिडडुल गर्न सहजताको लागी सहायक सामग्री उपलब्धता गराउने सम्बन्धमा छलफल गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले बताएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को एक तथ्यांक अनुसार दोधारा चाँदनी नगरपालिकामा २ सय ५८ जना अपांगता रहेका छन् ।

जसमध्य १ सय २९ जना अपांता भएका ब्यक्तीहरुले सहायक सामग्री प्रयोग गर्दै आएका छन् । अपांगता भएका ब्यक्तीहरुलाई सहजै ढंगबाट सहायक सामग्री उपलब्ध गराउन दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले ब्यवस्था गर्ने बताएका छन् ।







