दोधारा । आफुलाई बिकासबादी भन्ने नेताहरुको पार्टीमा एक पनि उम्मेदवार हुन लाएकको महिला नेता छैनन् कि भन्ने प्रश्न नेकपा एमालेको तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार निरुपालले गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजमा नेकपा एमालेमा प्रबेश गर्ने लर्कोलाई देखेर हौसिएका उम्मेदवार पालले २०५६ साल देखि काग्रेंसमा एउटै ब्यक्तीले उम्मेदवारी दिदै आएको भन्दै नेपाली काग्रेंसमा एउटा पनि महिला उम्मेदवार हुन लाएको महिला नभएको हो कि, भन्ने प्रश्न गरेका छन् । आफुलाई बिकासबादी नेता भन्नेहरुले अरुलाई अवसर नदिएर आफै मात्र पार्टीमा राजिई गर्दै आएको उनको आरोप छ् । महाकाली पक्की पुल लगाएत दोधारा चाँदनी नगरपालिकामा निमार्ण भएको सबै भौतिक निमार्णहरु आफै गरेको भन्द्र जनतामा भ्रम श्रजना गर्दै भोट फकाउन हिड्ने झुटो बिकासबादी नेताहरुलाई अब आउदो मंसिर ४ गतेको निर्वाचनमा छर्लङ्ग हुने उम्मेदवार निरुपालले बताएका छन् ।


नेकपा एमाले श्रमजिवीको पार्टी भएको हुदा दोधारा चाँदनी नगरपालिकाको शिक्षा, स्वास्थ्य, भौतिक निमार्ण लगाएतमा नेकपा एमालेले ठुलो पहल रहेको उनको भनाई रहेको छ् । स्वास्थ्य, शिक्षा, भौतिक निमार्णमा नेकपा एमालेले दोधारा चाँदनी नगरपालिकाका गरेको ज्वलन्त उदाहरणहरु बताउदै आगामी मंसिर ४ गते देशमा नेकपा एमालेको सरकार आएपछि नयाँ नेपाल संगै समृद्ध नेपाल निमार्ण हुनेमा जनता ढुक्क हुन समेत आग्रह गरेका छन् ।


दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजमा आयोजित मतदाता संग भेट कार्यक्रममा उम्मेदवार निरुपाल संगै कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभा उम्मेदवार सुरेन्द्र बिष्ट, नेकपा एमाले जिल्ला कमिटि सदस्य गगन खत्री, हिरा थापा, वडा नं. ७ वडा कमिटि अध्यक्ष उत्तम सुनार लगाएत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।


सोही कार्यक्रममा कञ्चनभोजमा २ सय भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काग्रेंस, नेकपा माओबादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका थिए । नव प्रबेशिका नेकपा एमालेका कार्यकर्ताहरुलाई नेकपा एमालेका कञ्चपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार, कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्टले फुलमालाले स्वागत गरेका छन् ।






