दोधारा । प्रचण्ड चण्डिका रामलिला ब्यवस्थापन समितिको सम्मान तथा पुरुस्कार कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ स्थित रहेको प्रचण्ड चण्डिका मन्दिरमा आयोजित एक कार्यक्रमको बिच रामलिला नाट्य श्रंखलाका निर्देशक, पात्र, ब्यवस्थापन, संगितकार, स्वयम् सेवक, चन्दादाताहरुलाई पुरुस्कार तथा सम्मान गरिएको प्रचण्ड चण्डिका रामलिला ब्यवस्थापन समितिले जनाएको छ् ।


रामलिला नाट्य श्रंखलामा सघाउने सबै बिद्याहरुलाई सम्मान तथा पुरुस्कार बितरण कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, बिशिष्ठ अतिथीमा उपमेयर गंगा देबी जोशी रहेका थिए भने, अतिथीमा दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी, अधिकारकर्मी खिमा चन्द, नन्दा खत्री, मथुरा पन्त, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) मा प्रहरी निरिक्षक प्रबिण फुर्याल लगाएत रामलिला संचालनमा सहयोग गर्ने सहयोगी, कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।


कार्यक्रममा रामलिला नाट्य श्रंखलाका निर्देशक, पात्र, ब्यवस्थापन, पत्रकार, संगितकार, स्वयम् सेवक, चन्दादाताहरुलाई पुरुस्कार तथा सम्मान गरिएको छ् ।








