दोधारा चाँदनीको कञ्चनभोजमा २ सय बढी नेकपा एमाले प्रबेश


दोधारा । दोधारा चाँदनी नगरपालिकामा अन्य पार्टी परित्याग गरि २ सय भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजमा आयोजित चुनावी भेटघाटमा नेपाली काग्रेंस, नेकपा माओबादीमा २ सय भन्दा बढी केन्द्रका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेको नेकपा एमाले दोधारा चाँदनीले जनाएको छ् ।

प्रबेश गर्नेमा किशन गुरुङ्ग, धनबिर चन्द, छबिलाल आले, जगत सिंह बिष्ट, बल बहादुर सुनार, बिर थापा, दिपक हमाल, करन बहादुर सुनार लगाएत २ सय भन्दा बढी नेपाली काग्रेंस र नेकपा माओबादीका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेको नेकपा एमाले कञ्चनपुर जिल्ला सदस्य गगन खत्रीले बताएका छन् ।

उनिहरुले नेपाली काग्रेंस र नेकपा माओबादीमा कमिसन, भ्रष्टाचार, लुट, दलाल, अनैतिकता, व्यक्तिवाद, नातावाद, कृपावाद, परिवारवाद र अवसरवाद एवम् पुँजीवादी सोच, चिन्तन, कार्यशैली र प्रवृत्ति रहेको बताउदै आजको दिन देखि नेपाली काग्रेंस र माओबादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका जनाएका छन् । नव प्रबेशिका नेकपा एमालेका कार्यकर्ताहरुलाई नेकपा एमालेका कञ्चपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार, कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्टले फुलमालाले स्वागत गरेका छन् ।


ताजा समाचार

spot_img