स्वतन्त्र समुहका उम्मेदवार कुमालले खोले दोधारा चाँदनीको पशुपती टोलमा सम्पर्क कार्यालय


दोधारा । दोधारा चाँदनीमा स्वतन्त्र समुहका उम्मेदवार भिम कुमालले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ पशुपती टोलमा आज कञ्चनपुर क्षेत्र नं. ३ (ख) स्वतन्त्र समुहका उम्मेदवार भिम कुमालले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

आज बिधिवतरुपमा स्वतन्त्र समुहको निर्वाचन सम्पर्क कार्यालयको उद्धघाटन गरिएको स्वतन्त्र समुहका उम्मेदवार भिम कुमालले बताएका छन् । उद्धघाटन सत्रमा स्वतन्त्र समुहका नेता धन बहादुर दमाई, भक्त बहादुर सुनार लगाएत नेता तथा कार्यकर्ता रहेका थिए । गएको स्थानिय निर्वाचन देखि दोधारा चाँदनी नगरपालिकामा सक्रिय रहदै आएको स्वतन्त्र समुहको नेतृत्व भिम कुमालले गर्दै आएका छन् ।

स्वतन्त्र समुहका नेता तथा कार्यकर्ता यतिबेला मतदाताहरु संग भेटघाटमा ब्यस्त रहेका छन् । यस अघि उम्मेदवार भिम कुमालले दोधारा चाँदनी नगरपालिका वडा नं. ४ चाँदनी बजारमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेका थिए ।


ताजा समाचार

spot_img