एमालेका उम्मेदवारलाई बडुवाल टोल बस्तीमा भब्य स्वागत


दोधारा । नेकपा एमालेका उम्मेदवार यतिबेला दोधारा चाँदनी नगरपालिकाका मतदाता भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन् । नेकपा एमालेबाट कञ्चनपर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार निरुपाल र कञ्चनपु क्षेत्र नं. ३ (ख) मा प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट सहित टोली यतिबेला दोधारा चाँदनी नगरपालिकाको विभिन्न गाँउ र टोल–टोलमा पुगेर मतदाता संग भेटघाट गरिरहेका छन् ।

यसै बीच उम्मेदवारहरुको टोली आज दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोलमा पुगेको छ । उम्मेदवारहरुलाई स्थानियहरुले भब्यरुपमा फुलमालाले स्वागत गर्दै बिजयको आर्शिबाद दिएका छन् । स्थानियबासिन्दा र मतदाताहरुले भव्य स्वागत सत्कार पछि नेकपा एमालेबाट कञ्चनपर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार निरुपाल र कञ्चनपु क्षेत्र नं. ३ (ख) मा प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट ढुक्क भएका छन् ।

उनीहरुले एमालेका उम्मेदवारहरूलाई स्वागत गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदान गरी विजयी गराउने वचनबद्धता समेत प्रकट गरेका छन् । घरदैलो अभियानमा एमाले बाहेक विभिन्न पार्टीका नेता कार्यकताले समेत समर्थन जनाएका थिए ।


ताजा समाचार

spot_img