दोधारा । निर्वाचनको मुखमा दोधारा चाँदनी नगरपालिकामा पुराना पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ् । नेकपा एमाले र राप्रपाको कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधी सभाका सयुक्त उम्मेदवार निरुपाल र कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभा उम्मेदवार सुरेन्द्र बिष्टले दोधारा चाँदनी नगरपालिका वडा नं. १ पुर्णागिरी टोलमा आयोजित चुनावी भृटघाट कार्यक्रममा अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेकाहरुलाई फुलमालाले स्वागत गरेका छन् ।


दिल बहादुर खत्री, चन्द्र बिर सार्की, महाबिर धामी, अञ्जु बोहरा, गंगा दत्त अवस्थी, टेक बहादुर सुनार, गगी सुनार, प्रकाश सुनार, पुष्कर लुहार लगाएत ५० जना नेपाली काग्रेंस परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेको नेकपा एमाले दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिप्रजातन्त्र पार्टीको सयुक्त मतदाताहरु संग भेटघाट कार्यक्रम कार्य लागी अघि बढाएको छ् । आज दोधारा चाँदनी नगरपालिका वडा नं. १ र २ को टोल बस्तीमा नेकपा एमालेका उम्मेदवार सहित टोलीले भेटघाट गर्ने कार्यक्रम जारी राखेका छन् ।








