स्वतन्त्रका प्रदेश सभा उम्मेदवार कुमाल प्रचार प्रसारमा ब्यस्त


दोधारा । दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्रबाट कञ्चनपुर क्षेत्र नं. ३ (ख) का उम्मेदवार भिम कुमाल निर्वाचन प्रचार प्रसारमा ब्यस्त छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २ र ३ मा उम्मेदवार कुमाल घरदैलो देखि खेतवारी सम्म आफ्नो चुनावी प्रचार प्रसार कार्य पछि दोधारा चाँदनी– ६ का मुल बजारहरुमा आफुलाई भोट दिन आग्रह गरेका छन् । उम्मेदवार कुमालको निर्वाचन चिन्ह लालटिन रहेको छ् । यतिवेला दोधारा चाँदनी नगरपालिकामा नेकपा एमाले, काग्रेंस लगाएत दलका उम्मेदवारहरु भोट माग्न मतदाताको घरदैलोमै व्यस्त रहेको बेला स्वतन्त्रका उम्मेदवार तथा सामाजसेवी भिम कुमाल लालटिन चुनाव चिन्ह लिएर दोधारा चाँदनी नगरपालिका सबै वडा तथा टोलमा मतदाता संग भेटमै ब्यस्त देखिएका छन् ।

प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको मिति जति जति नजिकिदै गईरहेको छ् उम्मेदवार कुमाल घरदैलो कार्यक्रम समेत त्यही गतिमा तीव्रता दिएका छन् । वडा, बस्तीमा जनता माँझ पुगिरहेका स्वतन्त्र समुहका उम्मेदवार कुमाल दोधारा चाँदनी नगरपालिकाको विकासमा राजनीतिकरण भईरहेकाले आफु स्वतन्त्र रुपमा विकासकै लागि आएको भन्दै मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् । उनि दोधारा चाँदनी नगरपािलका क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणको बेला स्थानियबासी, सुरक्षाकर्मी, स्थानिय सरकारलाई नगद रकम, खाद्यान्न, लत्ताकपडा तथा स्वाथ्य सामग्री सहयोग गरेको ब्यक्ती हुन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उम्मेदवार भिम कुमाललाई सामाजसेवीकोरुपमा परिचित छन् ।


ताजा समाचार

spot_img