दोधारा चाँदनीमा उम्मेदवार पाल र बिष्टलाई मतदाताबाट शुभकामनाको ओईरो


दोधारा । उम्मदेवार निरुपाल र सुरेन्द्र बिष्ट आज पनि दोधारा चाँदनी नगरपालिका बिभिन्न क्षेत्रमा प्रचार प्रसारमा ब्यस्त छन् । नेकपा एमालेको तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार निरुपाल र कञ्चपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट केही दिन देखि दोधारा चाँदनी नगरपालिकाका बिभिन्न क्षेत्रमा चुनावी प्रचार प्रसारमा ब्यस्त रहेका छन् । दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडाहरुमा चुनावी सम्पर्क कार्यालय स्थापना संगै मतदाताहरु संग भेटघाट कार्यलाई तिब्रता दिएका छन् ।

नेकपा एमाले संगै राप्रपाका नेताहरुले आफ्नो साँझा उम्मेदवार निरुपाल र सुरेन्द्र बिष्टलाई मत माग्न स्थानियहरुको घरदैलोमा पुगेका छन् । यस क्षेत्रमा नेकपा एमाले र राप्रपाको तालमेल गरि निर्वाचनमा होमिएका छ् । चुनावी घरदैलोमा निस्किए संगै उनीहरुले वृद्ध–वृद्धा, युवा सबैको राम्रो समर्थन प्राप्त गरेका छन् ।

नेकपा एमाले र राप्रपाको साँझा उम्मेदवार निरुपाल र सुरेन्द्र बिष्टले चुनावी घरदैलो सुरु गर्दै गर्दा स्थानिय मतदाताहरुले शुभकामना पाउदै आएका छन् । तडक–भडक सहितको चुनावी प्रचार गर्न रोक लगाएको निर्वाचन आचार संहिताले चुनावी प्रचारमा निस्किदा न, उनीहरुको हातमा पर्चा थिए न त कुनै ठूला–ठूला झण्डा र तुल ब्यानर नै । बरु उम्मेदवारहरुलाई हरेक घरदैलोमा पुग्दा मतदाताले स्वागत गर्दै माला भने गलाभरी टन्न थिए । ‘मैले जनताबाट अपार माया पाएको छु,’ नेकपा एमाले र राप्रपाका तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार निरुपाल भने, ‘हामी विकासमा अहोरात्र खटिने पार्टीका सिपाही हौं, मैले दोधारा चाँदनी नगरपालिकामा परेको पिडामा सांसदमा बारम्बार बोलेको छु ।’

उनले जनताको घर दैलोमा जाँदा पाँच वर्षको स्थायी सरकार नेकपा एमाले बनाउने र देशको मुहार फेर्ने एक मात्र एजेण्डा लिएर गएको बताए । ‘अरु दल जस्तो जाली कुरा गर्न हामीलाई जरुरी छैन,’ उम्मेदवार निरुपाल भने, ‘मतदाताको घरमा जाँदा उहाँहरुले देखाएको सहभागिता र सहानुभूती देख्दा मैले जिते सरह भएको छ ।’ उनले समग्र दोधारा चाँदनी नगरपालिकाको विकासका लागि दर्जनौं योजना अघि बढाएको भन्दै यस पटकको निर्वाचनमा देशभरी नेकपा एमालेले बहुमतले चुनाव जित्ने पनि दाबी गरे । उनले यस क्षेत्रको बिकासलाई हाक्न सक्ने क्षमता भएको पार्टी नेकपा एमाले भएको भन्दै आफुहरुलाई जनताले विजयी गराएर पठाउनेमा ढुक्क भएको उनले बताए ।


ताजा समाचार

spot_img