दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयले साताब्यापी बृहत सरसफाई अभियान सुरु गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्षको पहलमा वडा नं. २ मा रहेका सडकहरुको झाँडी तथा फोहर सरसफाई अभियानलाई अघि बढाएका हुन् । सडकहरुमा उम्रेका झाँडी तथा फोहरहरुको कारण सडक दुर्गघटना संगै डेंगु रोगले स्थानियहरु प्रभावित हुने थालेपछि वडा कार्यालयको निर्णय अनुसार वडामा रहेका सडकहरुमा साताब्यापी सरसफाई अभियान संचालन गरेको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावलले जनाएका छन् । आजबाट सुरु भएको साताब्यापी सरसफाई अभियान वडामा रहेका सडकहरुको सरसफाई नहुञ्जेल जार िराख्ने वडाध्यक्ष रावलले बताएका छन् ।


आज वडाको थापा चौराह देखि मायापुरी जाने झण्डै आधा किलोमिटर सडकमा रहेका झाँडी र फोहर सफा गरिएको छ् । सरसफाई अभियानमा वडाध्यक्ष पदमर रावल, सदस्य मनिकला खनाल, महाबिर धामी, कमान सिंह धामी, द्रोपती सुनार, माईती नेपाल कञ्चनपुरका लक्ष्मी थापा गुरुङ्ग, सिता क्षेत्री, बास नेपाल दोधारा चाँदनीका अध्यक्ष दुर्गा बडुवाल लगाएत नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो । वडाध्यक्षको पहलमा संचालन भएको साताब्यापी सरसफाई अभियान स्थानियहरुले सराहनीय रहेको बताएका छन् । यस अघि दोधारा चाँदनी नगरपालिका वडा नं. ३ र ५ मा समेत सरसफाई अभियान संचालन गरेका हुन् ।







