चाड पर्व नजिकिए संगै दोधारा चाँदनीका मेयरले दिए बजार अनुगमनलाई प्राथमिकता


दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलले तिहार लगाएत छट पर्व नजिकिए संगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडी बढाएको छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले तिहार लगाएत छट पर्व नजिकिदै जाँदा आजबाट बजार अनुगमनलाई प्राथमिकता दिएका हुन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजार, हेल्थपोष्ट बजार लगाएत क्षेत्रमा खाद्यान्न, ईन्धन, लत्ता कपडा, माछा मासु, तरकारी, फलफूल लगाएतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेका छन् । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मुल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगाएतका समस्या देखिने गरेकाले तिहार र छट पर्व आउन केही दिन मात्र बाँकी रहदा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको संयोजकत्वमा एक टोलीले बजार अनुगमन कार्यलाई सक्रिय रुपमा अगाडी बढाएका छन् ।

अनुगमन टोलीमा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउद, नगर प्रबक्ता ओंम बसनेत, दोधारा चाँदनी नगरपालिका कार्यालयका सुचना अधिकारी डम्मर अवस्थी, कार्यक्रम अधिकृत भान देब भट्ट, पशु कार्यालयका प्रमुख कृष्ण साँउद, कृषी शाखाका शाखा प्रमुख कमलापती भट्ट लगाएत रहेका थिए ।

बढी मुल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याईने बताईएको छ् । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगाएतका समस्या देखिने गरेकाले बजार अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाईएको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।

चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमनलाई अघि बढाईएको बताईएको छ् । अनुगमनको क्रममा आज भारतबाट आयातित १७ क्रेट सेतो अण्डा, म्याद गुज्रेका पेय पदार्थ, सडेगलेको आलु, प्याज लगाएत सामग्री नियन्त्रण लिएर स्थानिय प्रशासन, जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् । चाडपर्वममा बढी खपत हुने मिठाई, खाद्यान्नको गुणस्तर तथा मूल्य, कालोबजारी सबै विषयमा अनुगमन हुने बताईएको छ् ।


ताजा समाचार

spot_img