दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको सयुक्त बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीको निवासमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्त उम्मेदवार सहितको बैठक सम्पन्न भएको छ् ।


बैठकमा राप्रपाका तर्फबाट कञ्चनपुर ३ (क) प्रदेश सभाका उम्मेदवार धर्मराज जोशी, नेकपा एमालेको तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ (ख) मा प्रतिनिधी सभाका उम्मेदवार निरुपाल र प्रदेशमा सुरेन्द्र बिष्ट, राप्रपाका समानुपातिकको उम्मेदवार शान्तीमाया सुनुवार रहेका थिए । यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका जिल्ला कमिटि अध्यक्ष गजेन्द्र चन्द, राप्रपा शुदुरपश्चिम प्रदेश सदस्य तमान सिंह गुरुङ्ग, राप्रपाका बरिष्ठ नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्री, राप्रपा जिल्ला कमिटि उपाध्यक्ष नन्दा देबी खत्री, राप्रपा नगर अध्यक्ष बिर बहादुर शाह, सामनुपातिक उम्मेदवार शान्ती माया सुनुवार, राप्रपा क्षेत्र नं. ३ (ख) क्षेत्रिय अध्यक्ष बिक्रम चन्द, क्षेत्रिय सदस्य केशव खत्री लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेका थियो भने, नेकपा एमालेका तर्फबाट कञ्चनपुर जिल्ला कमिटि सदस्य गगन खत्री, खिमा चन्द, नेता पदम रावल लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।


नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार सहित सयुक्त बैठकले आसन्न निर्वाचनमा राप्रपाका उममेदवार धर्मराज जोशी र नेकपा एमालेका उम्मेदवार सुरेन्द्र बिष्ट र निरुपाललाई बिजय बनाउन प्रतिबद्ध भएका छन् । बैठकमा राजनितिक छलफल, निर्वाचन परिचालन लगाएत बिषयमा छलफल गरिएको छ् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्त तालमेलमा उम्मदेवारलाई जिताउन नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्त नगर स्तरिय निर्वाचन परिचालन समिति गठन गरिसकेको छ् । निर्वाचनको तालमेलमा दुबै दलका नेता तथा कार्यकर्ताहरु एक जुट भएर लाग्ने प्रतिबद्धता समेत जाहेर गरिएको छ् ।








