दोधारा चाँदनीमा एमाले र राप्रपाको सयुक्त बैठक सम्पन्न : एक ढिक्का भएर निर्वाचनमा जाने


दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्त बैठक सम्पन्न भएको । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ हेल्थपोष्ट स्थित रहेको नेकपा एमाले सम्पर्क कार्यालयमा आज बसेको नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्त बैठकले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र बिष्ट र निरुपाललाई बिजय बनाउन प्रतिबद्ध भएका छन् । दुबै पार्टीको तालमेल अनुसार कञ्चनपुर क्षेत्र नं. ३ (क) मा राप्रपाका धर्मराज जोशीलाई बिजय बनाउने र कञ्चनपुर क्षेत्र नं. ३ (ख) मा प्रतिनिधी सभाका उम्मेदवार निरुपाल र प्रदेशमा सुरेन्द्र बिष्टलाई बिजय बनाउने पुर्व राप्रपा र नेकपा एमालेको सहमती अनुसार उक्त निर्णयलाई कार्वान्वयको लागी बैठक सम्पन्न भएको नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज राजिव खड्काले जानकारी दिएका छन् ।

तालमेल बैठकमा राजनितिक छलफल, निर्वाचन परिचालन लगाएत बिषयमा छलफल गरिएको छ् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्त तालमेल बैठकमा उम्मदेवारलाई जिताउन नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्त नगर स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ् । निर्वाचन परिचालनका संयोजकमा गगन खत्री रहेका छन् । यस्तै उपसंयोजकमा बिक्रम चन्द, सदस्यमा खिमा चन्द, हरिसिंह धनाडी, किशोर कुमार लिम्बु, तमान सिंह गुरुङ्ग, बिर बहादुर शाह, मोहन सुनार, गणेश भाट गरि ९ सदस्यीय सयुक्त निर्वाचन परिचालन समिति गठन भएको राप्रपाका बरिष्ठ नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खबीले बताएका छन् ।

निर्वाचनको तालमेलमा दुबै दलका नेता तथा कार्यकर्ताहरु एक जुट भएर लाग्ने प्रतिबद्धता समेत जाहेर गरिएको छ् । बैठकमा नेकपा एमालेका हरिसिंह धनाडी, राजिव खड्का, किशोर कुमार लिम्बु, खिमा चन्द, गगन खत्री रहेका थिए भने, राप्रपाका ईन्द्र बहादुर खत्री, बिक्रम चन्द, शान्ती माया सुनुवार, बिर बहादुर शाह, भगिरथ भट्ट लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img