आदर्श समाज निमार्णको लागी देबिस्थानमा रामलिला संचालन : मेयर लिम्बुले गरे उद्धघाटन


दोधारा चाँदनी । आदर्श समाज निमार्णको लागी दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ देबिस्थानमा आज देखि रामलिला संचालन भएको छ् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिधिवतरुपमा रामलिलाको समउद्धघाटन गरेका छन् । हिन्दुहरुको महान पर्व बिजय दशमी र शुभ दिपावलीको पावन असरमा भगवान रामको जिवनीमा आधारित रामलिला नाट्य श्रंखला संचालन गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरि सिंह धनाडीले जानकारी दिएका छन् । प्रचण्ड चण्डीका समाज बिकास नेपालको आयोजनामा आज देखि देबिस्थानमा रामलिला संचालन भएको हो ।

भगवान रामको जिवनीमा आधारित रामलिला नाट्य श्रंखलाको समउद्धघाटन सत्रका प्रमुख अतिथी दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, बिशिष्ठ अतिथीमा उपमेयर गंगा देबी जोशी रहेका थिए । प्रचण्ड चण्डी रामलिला ब्यवस्थापन समितिको संयोजक अमृता शाहीको सभापित्वमा संचालन भएको रामलिलामा दोधारा चाँदनीका नगर प्रबक्ता ओंम बस्नेत, वडाध्यक्ष, पुर्व माननिय ईन्द्र बहादुर खत्री, भानु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश चन्द, नेकपा एमाले दोधारा चाँदनीमा नगर ईन्चार्ज राजिव खड्का, नेपाली काग्रेंस कञ्चनपुरका सह–सचिव नाफु सिंह साँउद, अधिकारकर्मी खिमा चन्द, दोधारा चाँदनीमा पुर्व उपमेयर चिनी ओझा गिरी लगाएतको सहभागिता रहेको थियो । बिधिवतरुपमा दोधारा चाँदनीमा मेयर किशोर कुमार लिम्बुले भगवान रामको जिवनीमा आधारित रात्रीकालिन रामलिला नाट्य श्रंखलाको उद्धघाटन गरेका हुन् ।

देबिस्थानको पुरानो भन्सार कार्यालयको मैदानमा संचालन भएको रामलिला नाट्य श्रंखलाले साँस्कृतिक, धार्मिक, सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा बताईएको छ् । रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्‍याउन समेत रामलिला नाट्य श्रंखलाले सहयोग प्रचण्ड चण्डी रामलिला ब्यवस्थापन समितिको संयोजक अमृता शाही साँउदले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ लक्ष्मी माध्यमिक बिद्यालयमा संचालन क्रममा रहेको आदर्श रामलिला नाट्य श्रंखला संचालन क्रममा रहेको छ् ।


ताजा समाचार

spot_img