चाड पर्व र निर्वाचन लक्षित नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती


दोधारा । सीमामा हुने अपराध नियन्त्रण गर्न दशगजा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । दोधारा चाँदनी नगरपालिकाको दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती थालेका हुन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत खुला सीमाना गरिने संयुक्त गस्तीले सीमा अपराध नियन्त्रणका सहयोग पुगेको सुरक्षाकर्मीको भनाई छ् । मानव बेचबिखन, अबैध चोरी पैठारी र खुला सीमाना हुने अपराध नियन्त्रणमा संयुक्त गस्ती प्रभावकारी भएको सुरक्षाकर्मीको दाबी छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चभोज स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टको सहकार्यमा उत्तराखण्ड सिसैया (भारत) बिओपीको टोली र सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कञ्चभोजको टोलीले नेपाल–भारत सिमा स्तम्भ नं. ७९७/१ देखि ७९७/४ सम्म सयुक्त गस्ती गर्दै आएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कञ्चभोजका सई नवराज खड्काको कमाण्ड र उत्तराखण्ड सिसैया (भारत) बिओपीको टोलीका भेद प्रसाद शर्माको कमाण्डमा रहेको टोलीले नेपाल–भारत सिमा स्तम्भ नं. ७९७/१ देखि ७९७/४ सम्म सयुक्त गस्ती संचालन गरेको बताईएको छ् ।

‘सीमा हुने अपराध रोक्न परिचालित संयुक्त गस्ती प्रभावकारी छ’ उत्तराखण्ड सिसैया (भारत) बिओपीको टोलीका कमाण्डर भेद प्रसाद शर्माले भने– ‘यसले दशगजाको सुरक्षा संगै अपराध नियन्त्रणमा पनि सघाउ पुगेको छ् ।’ सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि पनि नियन्त्रण हामीलाई नेपाली पक्षले मद्दत गरिरहेको उनले जानकारी दिए । दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रमा भारतको सुरक्षाकर्मी तुलनामा सशस्त्र प्रहरीको न्यून यूनिट भएपनि बेला बेला संयुक्त गस्ती प्रभावकारीता बढ्दो छ् । बिशेष गरी निर्वाचन, चाडपर्वको बेला दोधारा चाँदनी नगरपालिकाको दश गजा क्षेत्रमा संचालन हुने दुबै देशको सुरक्षाकर्मीको संयुक्त गस्ती परिचालन हुने गरेको छ् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कञ्चभोजका सई नवराज खड्काका अनुसार एसएसबीका विभिन्न युनिट संग मिलेर सशस्त्र प्रहरीले संयुक्त गस्ती गरिरहेका छन् । चाड पर्व र चुनावी सुरक्षा संगै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि संयुक्त गस्ती गर्ने सहमति अनुसार संयुक्त गस्ती परिचालन हुने गरेको दुबै देशका सुरक्षा अधिकारीहरुले बताएका छन् । सयुक्त गस्तीको बेला अपराधिक घटनाका प्रगति बारेमा सूचना आदान प्रदान जस्ता विषय छलफल हुनाले संयुक्त गस्ती प्रभावकारी देखिएको उनिहरुको भनाई रहेको छ् ।


ताजा समाचार

spot_img