दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेले नगर स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ् । नेकपा एमालेको दोधारा चाँदनी नगरपालिकामा संचालन भएको नगर स्तरिय भेलाले राजिव खड्काको संयोजकत्वमा ५ सय ५५ सदस्यीय नगर स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ् ।


यस्तै दोधारा चाँदनी नगरपालिकाका पुर्व उपमेयर तथा नेकपा एमालेका प्रदेश कमिटि सदस्य चिनी गिरी ओझाको सयोजकत्वमा नगर स्तरिय निर्वाचन अनुगमन समिति गठन गरिएको छ् । नगर स्तरिय निर्वाचन अनुगमन समितिमा एमाले प्रदेश कमिटि सदस्य टोप बहादुर खत्री, एमाले जिल्ला सल्लाहकार परिषद् संयोजक हिरालाल रहेका छन् ।

भेलामा नेपाली काग्रेंस, नेकपा माओबादी लगाएत दल परित्याग गरि झण्डै ९० जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका छन् । अन्य दल परित्याग गरि एमालेमा प्रबेश भएका नेता तथा कार्यकर्ताहरुलाई अबिर माला सहित दोसल्ला ओढाएर स्वागत गरिएको थियो ।


दोधारा चाँदनी नगरपालिका वडा नं. ६ हेल्थपोष्ट नजिक रहेको नेकपा एमालेको नगर सम्पर्क कार्यालयमा संचालन भएको भेलामा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधी सभाका उम्मेदवार निरुपाल, प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट, दोधारा चाँदनीमा मेयर किशोर कुमार लिम्बु, राप्रपाका नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्री, नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज राजिव खड्का, नगर अध्यक्ष हरिसिंह धनाडी, नेकपा एमाले पोलिट ब्युरो सददस्य राजेन्द्र रावल, एमाले प्रदेश कमिटि सदस्य चिनी गिरी, टोप बहादुर खत्री, जिल्ला सल्लाहकार परिषद् संयोजक हिरालाल थापा, जिल्ला कमिटि सदस्य खिमा चन्द लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
आसन्न निवार्मचनलाई लक्षित गर्दै दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेले नगर स्तरिय भेला संचालन गरेको हो ।






