दोधारा चाँदनी । दोधारा चाँदनी नगरपािलकामा सत्तारुढ दल नेकपा माओबादी केन्द्रका नेता नन्द बहादुर सुनार पार्टी परित्याग गरि नेकपा एमाले प्रबेश गरेका छन् । नेकपा एमाले दोधारा चाँदनीको सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रमको बिच नेकपा माओबादी केन्द्रका नेता तथा माओबादी केन्द्रको तर्फबाट गएको स्थानिय निर्वाचनमा वडा नं. ८ का वडाध्यक्षका उम्मेदवार नन्द बहादुर सुनार नेकपा एमालेका प्रबेश गरेको नेकपा एमाले दोधारा चाँदनी नगर ईन्चार्ज राजिव खड्कोले जानकारी दिएका छन् ।


एमालेमा प्रबेश भएका नेता नन्द बहादुर सुनार संग अन्य एक दर्जन माओबादीको नेताहरुलाई फुलमालाले स्वागत गरिएको बताईएको छ् । माओबादी पार्टीमा नेताहरु हावी हुदै र जनताको मर्म बिपरित नेताहरुको कारण आफुहरु एमालेमा प्रबेश गरेको उनिहरुले बताएका छन् । कार्यक्रममा नेकपा एमाले दोधारा चाँदनीका नगर ईन्चार्ज राजिव खड्का, सह–ईन्चार्ज खिमा चन्द, जिल्ला सदस्य गगन खत्री, दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेत, वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया, नगरध्यक्ष हरिसिंह धनाडी लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।







