स्वतन्त्र समुहका भिम कुमाल उम्मेदवारी देलान त प्रदेश सभा निर्वाचनमा ?


दोधारा चाँदनी । स्वतन्त्र समुह दोधारा चाँदनीका अध्यक्ष भिम कुमालले आसन्न प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिने बिषयमा चर्चा चलेको छ् । दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहका नेतृत्व गरेका सामाजसेवी भिम कुमाले कञ्चनपुर क्षेत्र नं. ३ (ख) बाट आसन्न प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिने सम्भावना बढेको हो । नेकपा माओबादी केन्द्रबाट अलग भएर स्थानिय निर्वाचनमा स्वतन्त्र समुहबाट दोधारा चाँदनी नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका भिम कुमालले स्थानिय निर्वाचनमा झण्डै २ हजार मत पाएर पराजय भएका थिए ।

स्थानिय निर्वाचनमा नेकपा एमालेका किशोर कुमार लिम्बुले ७ हजार १ सय ४ र नेपाली काग्रेंसका मेयर पदका उम्मेदवार गोपाल भट्टले ६ हजार १ सय ७१ मत ल्याएका थिए । स्थानिय निर्वाचनमा मेयर, उपमेयर सहति दोधारा चाँदनी नगरपालिकाको सबै वडाहरुमा अध्यक्ष तथा सदस्य पदमा स्वतन्त्र समुहले उम्मेदवारी दिएका थियो । स्थानिय निर्वाचनमा मेयर, उपमेयर सहित सबै वडाहरुमा स्वतन्त्र समुहका सबै उम्मेदवार पराजय बेहोर्नु परेको थियो ।

प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा आउदै गर्दा दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहले सबै वडाहरुमा स्वतन्त्र समुहका वडा कमिटि गठन कार्यलाई तिब्रता दिदै आएका छन् । प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनको संघारमा स्वतन्त्र समुहले दोधारा चाँदनी नगरपालिकाका सबै वडा तथा टोलमा राजनितिक गतिबिधी बढाउदै लगेको छ् । उम्मेदवारी दिने सम्बन्धमा भने स्वतन्त्र समुहले कुनै खासै आधिकारिक प्रतिकृया अझै सम्म दिएको भने छैन् ।


ताजा समाचार

spot_img