दोधारा चाँदनीमा नेकपा एमालेको सम्पर्क कार्यालय उद्धघाटन तथा जनप्रतिनिधीहरुलाई सम्मान (फोटो फिचर)


दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमाले सम्पर्क कार्यालयको उद्धघाटन साथै जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ हेल्थपोष्ट बजार नजिक नेकपा एमालेको सम्पर्क कार्यालयको उद्धघाटन तथा एमालेबाट टिकट पाएर बिजय भएका जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको नेकपा एमाले कञ्चनपुर जिल्ला सदस्य तथा एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्काले जनाएका छन् ।

आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले दोधारा चाँदनी नगरपालिकाको वडाहरुमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय अनुरुप सम्पकर्क कार्यालय स्थापना गर्ने कार्य अघि बढाईएको नेकपा एमाले कञ्चनपुर जिल्ला सदस्य तथा एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्काले बताएका छन् ।

साथै हिन्दुहरुको महान पर्व बिजया दशमी, दिपावली तथा छट पर्वको शुभकामना आदान प्रदान समेत गरिएको छ् । कार्यक्रममा नेकपा एमालेका पोलिट ब्युरो सदस्य राजेन्द्र रावल, दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा कञ्चपुर जिल्ला ईन्चार्ज  निरु देबी पाल, नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि अध्यक्ष  सुरेन्द्र बिष्ट, प्रदेश कमिटि सदस्य चिनी गिरी, जिल्ला सचिव कर्ण चन्द, एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्का, जिल्ला सचिव गगन खत्री, खिमा चन्द, चन्द्र सिंह धामी, ओम बस्नेत, एमाले नगर अध्यक्ष हरिसिंह धनाडी लगाएत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img