दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले वडाको सरसफाई अभियानलाई निरन्तरता दिदै आएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले आफ्नो वडालाई सफा तथा दुर्गन्ध रहित बनाउन झण्डै ५ साता देखि वडाको बृहत सरसफाई अभियानलाई निरन्तरता दिदै आएका छन् । वडाध्यक्ष खत्रीले स्थानियबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा बिभिन्न संघ–संस्थालाई सहयोग लिदै प्रत्येक शनिवार तथा फुर्सदको समयमा सरफाई अभियान जारी राखेका छन् ।

बिना पैसा खर्चेर उनले वडाका सडकहरुमा रहेका झाँडी तथा फोहरलाई सफा गर्दै आएका छन् । मुल सडक तथा शाखा सडकहरु गरि अझै सम्म ५ वटा सडकहरुका छेउमा रहेका फोहरलाई सफा गरेको वडा कार्यालयले जनाएको छ् । आज ईलाका प्रहरी कार्यालय नजिक रहेको मुल सडक संगै हेल्थपोष्ट बजारबाट भट्टी नालाको सडक खण्ड सरसफाई गरेको वडाध्यक्ष केशव खत्रीले बताएका छन् । उनको यो कामलाई लिएर उनि चर्चामा रहेका छन् । स्थानियहरुले बिना पैसा खर्चेर स्फुर्तरुपमा स्थानिय, संघ–संस्था तथा सुरक्षाकर्मीको सहयोगमा गर्दै आएको वडाध्यक्षको कामको चर्चा चुलिएको छ् । भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीका क्याम्पस प्रमुख प्रकाश चन्दले वडाध्यक्षले सुरक्षाकर्मी, स्थानियबासी तथा संघ–संस्था संग समन्वय गरि बिना रकमबाट गरेको वडाको सरफाई अभियान प्रशंसनिय रहेको बताएका छन् ।

वडाध्यक्षले गर्दै आएको काम सबै वडाध्यक्षले पनि गर्न आवश्यक रहेको उनको भनाई रहेको छ् । बिना रकमको सरसफाई अभियानमा स्र्फुतरुपमा सहभागी हुदै आएको बताउदै भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीका क्याम्पस प्रमुख प्रकाश चन्दले यस्ता सामाजिक कार्यमा सबैको उपस्थिती अनिवार्य रहनु पर्नेमा जोड दिएका छन् ।


आजको सरसफाई कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीका क्याम्पस प्रमुख प्रकाश चन्द, बास नेपालका वर्षा साँउद, दुर्गा बडुवाल, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई महेन्द्र सिंह थापा, बिद्यार्थी, जनप्रतिनिधी तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।







