बास नेपालले दियो दोधारा चाँदनीका गरिब तथा जोखिममा रहेका बालबालिकालाई शैक्षिक खर्च


दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा बागेश्वरी असल शासन युवा क्लव (बास) ले गरिब तथा जोखिममा रहेको बालबालिकालाई उनिहरुको शैक्षिक स्तर उन्नतीको लागी रकम हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७, ८ र १० का आमा बाबु नभएका ५ जना बालबालिकाहरुलाई ५/५ हजारको दरले रकम हस्तान्तरण गरिएको बागेश्वरी असल शासन युवा क्लव (बास) दोधारा चाँदनीका अध्यक्ष दुर्गा बडुवालले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का संगम रजाली मगर, वडा नं. ८ का बिरेन्द्र राना मगर, वडा नं. १० का पुष्पा सुनार, पुष्पा सुनार र धरबिर सुनारक गरि ५ जना अतिबिपन्न तथा जोखिममा रहेका बालबालिकालाई जम्मा रु. २५ हजार नगद रकम हस्तान्तरण गरिएको बागेश्वरी असल शासन युवा क्लव (बास) दोधारा चाँदनीका अध्यक्ष दुर्गा बडुवालले बताएका छन् । उनिहरुलाई उनकै घरमा गएर रकम हस्तान्तरण गरिएको अध्यक्ष बडुवालले बताए ।

रकम उनिहरुको अभिभावलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष ओंम प्रकाश रोकाया, चन्द्र बहादुर सिंह, कार्यवाहक अध्यक्ष संदिप उपाध्याय, बागेश्वरी असल शासन युवा क्लव (बास) दोधारा चाँदनीका अध्यक्ष दुर्गा बडुवाल, बागेश्वरी असल शासन युवा क्लव (बास) का सञ्जु नेपाली लगाएत स्थानियहरुको सहभागिता रहेको बागेश्वरी असल शासन युवा क्लव (बास) दोधारा चाँदनीले जनाएको छ् । गरिब तथा जोखिममा रहेको बालबालिकालाई उनिहरुको भबिष्य उज्वल बनाउन सहयोग गरेको भन्दै जनप्रतिनिधी तथा स्थानियहरुले प्रशंसा गरेका छन् ।

 


ताजा समाचार

spot_img