दोधारा चाँदनीमा बडा दशै तथा दिपावलीको शुभकामना आदान–प्रदान कार्यक्रम


दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयद्धारा आयोजित हिन्दुहरुको महान पर्व बडा दशै, शुभ दिपावली तथा छट पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

दशैको शुभकामना दिदै आपसी भाईचारा वृद्धिका लागि चाड पर्वले महत्वपुर्ण भुमिका खेल्ने भन्दै दशै, तिहार तथा छट पर्वका मौलिकतालाई विर्सन नहुने दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । पर्वले आपसी सम्बन्धलाई अझै प्रगाढ बनाएर ‘हाम्रो नगर, समृद्ध नगरको नारालाई कार्यान्वयन गर्न लाग्नुपर्ने कार्यक्रममा मेयर लिम्बले बताएका छन् । हिन्दुहरुको महान पर्व बडा दशै, शुभ दिपावली तथा छट पर्वले सामाजिक उत्तरदायित्व बोध गराउनुको साथै आपसी बैमनस्यतालाई छाडेर शान्तीको मानविय जिवनलाई सामाजिक बनाउदै लैजानु पर्नेमा उनले जोड दिएका छन् ।

महान तथा ऐतिहासिक पर्वले र आपसी सम्बन्धलाई जोड्ने तथा नगर विकास र समृद्धिका लागि ठूलो उपलब्धी भएको कुरामा जोड दिदै नगरको बिकासको लागी सबै एकजुट भएर जनताको सेवामा काम गर्नेमा प्ररित गरेको मेयर लिम्बुले कार्यक्रममा बताएका छन् । कार्यक्रममा बोल्दै सबैलाई दोधारा चाँदनी उपमेयरले समेत हिन्दुहरुको महान चाड बडा दशैं, तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना ब्यक्त गरेका छन् ।

कार्यक्रममा उपमेयर जोशीले महान तथा ऐतिहासिक पर्वहरुले आपसी भाईचारा, मेलमिलाप तथा समन्वयात्मक तरिकाले नगरको बिकासको अभियानमा लाग्नु पर्ने बताएका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, पुर्व उपमेयर चिनी ओझा गिरी, नेकपा एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्का, राप्रपाका नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्री, नेपाली काग्रेंस दोधारा चाँदनीका सचिव महेन्द्र सिंह बिष्ट, नेकपा माओबादी केन्द्र प्रदेश सदस्य भरत भट्ट, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, दोधारा चाँदनी नगरपालिका कार्यालयका बिभिन्न शाखाका शाखा प्रमुख, सुरक्षा अधिकारीहरु तथा बिभिन्न संघ–सस्थाका प्रतिनिधी, शिक्षक प्रतिनिधीहरु लगाएतको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा बक्ताहरुले बडा दशै, शुभ दिपावली तथा छट पर्वको शुभकामना ब्यक्त संग साटा साट गरेका थिए ।


ताजा समाचार

spot_img