दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकामा आजबाट रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखला सुरु हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा आजबाट रात्रीकालिन रामलिला नाट्य श्रंखला सुरु हुने आदर्श रामलिला समिति दोधारा चाँदनीले जनाएको छ् । रामलिला संचालनको लागी मञ्च निमार्ण, बजार ब्यवस्थापन लगाएतका काम अन्तिम अवस्थामा पुगेको आदर्श रामलिला नाट्य श्रंखला दोधारा चाँदनीका निर्देशक शुशिल राना मगरले जानकारी दिएका छन् । हिजो भुमी पुजन गरिएको थियो ।


आज बिधिवधरुपमा रामलिला नाट्य श्रंखलाको उद्धघाटन गरिने बताईएको छ् । आज गणेश पुजन देखि लिएर नाराद मोह सम्म नाट्य श्रंखला हुने बताईएको छ् । बिगतका दिनहरुमा पनि लक्ष्मी माध्यमिक बिद्यालयको पांग्रणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला हुने भएपछि स्थानिय भक्तजनहरुमा खुशी छाएको छ् । भगवान रामको चरित्रमा आधारित नाट्य श्रंखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा बिश्वास समेत गरिएको छ् । रामलिला नाट्य श्रंखला संचालनको लागी केही दिन देखि कलाकारहरुले अभ्यास सुरु गर्दै आएका छन् । लोक संस्कृतीको संरक्षण संचालन गर्न लागिएको रामलीला नाट्य श्रंखलालाई सफल बनाउन सबैको साथ र सहयोगको आदर्श रामलिला समितिले अपेक्षा गरिेको छ् ।








