दोधारा । दोधारा चाँदनी नगरपालिकामा एक महिने बृहत योग शिविर सुरु भएको छ ्। पतञ्जली योग समिति दोधारा चाँदनीको आयोजनामा आजबाट एक महिने योग शिविर संचालन भएको पतञ्जली योग समिति दोधारा चाँदनीका कार्यवाहक अध्यक्ष हरिओंम रसाईलीले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा एक कार्यक्रमको बिच एक महिने बृहत योग शिविरको बिधिवतरुपमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले पानसमा बत्ती बालेर शिविरको उद्धघाटन गरेका छन् ।


पतञ्जली योग समिति दोधारा चाँदनीको कार्यवाहक अध्यक्ष हरिओंम रसाईलीको सभाध्यक्षमा संचालन भएको उद्धघाटन सत्रका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु रहेका थिए भने, बिशिष्ठ अतिथीमा पतञ्जली योग समिति केन्द्रीय सदस्य लवराज भट्ट, पतञ्जली योग समिति कञ्चनपुर जिल्ला अध्यक्ष दयाकृष्ण जोशी, पतञ्जली योग समिति कञ्चनपुर जिल्ला उपाध्यक्ष धनसिंह बडाल रहेका थिए । यस्तै अतिथीमा पतञ्जली योग समिति जिल्ला तह महाबिद्यालय प्रभारी तथा भानु बहुमुखी क्याम्पसका क्याम्पस दोधारा चाँदनीका क्याम्पस प्रमुख प्रकाश चन्द, दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेत, वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, अधिकारकर्मी खिमा चन्द, भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीका क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष राजिव खड्का लगाएको उपस्थिती रहेका थियो ।


शिविर उद्धाटन गर्दै दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले योगको माध्यमबाट शारिरिक रुपमा मात्र नभई मानसिक रुपमा समेत स्वास्थ्य रहने भएकोले मानव जिवनमा योगको महत्व रहेको बताएका छन् । योग विज्ञान र आर्युवेद मार्फत विश्व मानव जगतलाई जिवन जिउने कला सिकाउन सकिने धारणा मेयर लिम्बुले ब्यक्त गरेका छन् । योग विज्ञानलाई आम मानिसका विचमा लैजान जनप्रतिनिधी तथा शिक्षक तथा अधिकारकर्मीहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा उनले जोड दिए । आाफु स्वस्थ रहे मात्र समुन्नत समाज निर्माण हुने मेयर लिम्बुको भनाई छ् ।








