दोधारा । दोधारा चाँदनी नगरपालिकामा निड्स नेपाल कञ्चनपुरको परियोजनाको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा निड्स नेपालद्धारा संचालित बिपद् पुर्व तयारी दु्रत प्रतिकार्यका लागी समुदायको सवलिकरण परियोजनाको आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, बिपद् फोकल पर्सन रघुनाथ भट्ट, निड्स नेपाल कञ्चनपुरका निर्मला चौधरी, दुर्गा कुमारी मल्ल, अन्जु जोशी, प्रयाग राज रेग्मी, ईश्वर उपाध्याय लगाएत टोलीले अनुगमन गरेको हो । दोधारा चाँदनी नगरपालिकाको महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा संचालन भएको बिपद् पुर्व तयारी दु्रत प्रतिकार्यका लागी समुदायको सवलिकरण परियोजनाले गरेको कामको समेत समिक्षा गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्टले जानकारी दिएका छन् ।


दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोलमा रहेको पसलमा सहयोग, वडा नं. ७ मुसुकुटे टापुमा टनेल खेती, वडा नं. ९ मा डल तथा कुशन उत्पादन, वडा नं. १० मा उखु खेती तथा बाख्रा पालनमा परियोजनाले लगात स्थानहरुमा सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा संचालन भएको निड्स नेपालको परियोजनाले आफुहरुलाई आय आर्जनमा राम्रो सहयोग भईरहेको स्थानियहरुले बताएका छन् । अनुगमनको क्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर, उपमेयर लगाएत संस्थाका प्रतिनिधीहरुलाई स्थानियहरुले परियोजना संचालन भए संग जिवनस्तरमा परिवर्तन आएको बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का समाज कल्याण बिपद् ब्यवस्थापन समितिका एक पदाधिकारी जयन्ती लुहारले निड्स नेपालको बिपद् पुर्व तयारी दु्रत प्रतिकार्यका लागी समुदायको सवलिकरण परियोजनाले समुदाय स्तरमा प्रभावकारी भुमिका निर्वाह गरेको बताएका छन् । समुदायमा रहेको अति आवश्यक बिषयमा सहयोग र स्थानियहरुलाई जागरुक संग बिपद्को बेला सबै एकजुट हुने जस्ता अहम कुराको ज्ञान दिलाएको उनले बताएका छन् ।


समुदाय स्तरमा चेतनाको बिकास संग कृषी उत्पादन गरि आफ्नो आय आर्जनमा जोड दिने कार्यमा परियोजनाले सघाउदै आएको जयन्ती लुहारले बताएका छन् । दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले निडस् नेपालको बिपद् पुर्व तयारी दु्रत प्रतिकार्यका लागी समुदायको सवलिकरण परियोजनाले महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बस्दै आएका स्थानियहरुको आय आर्जन संग बाढीबाट कसरी जोग्गीने भन्ने बिषयमा सहयोग गर्दै आएको मेयर लिम्बुले बताउदै परियोजनाको उद्धेश्य तथा कार्य निकै लाभप्रद रहेको बताएका छन् ।


निड्स नेपालको परियोजनले दोधारा चाँदनी नगरपालिका कार्यालयको कामलाई सघाएको भन्दै बिपद् पुर्व तयारी दु्रत प्रतिकार्यका लागी समुदायको सवलिकरण परियोजनामा थप सहकार्य गर्न नगरपालिका कार्याय तयार रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । स्थानिय सरकारको आँखाले देख्न नसकेको बिषयहरु परियोजनाले उठान गरि नगरको समृद्धि र बिकासमा सहयोग गरेको भन्दै निड्सको टिमलाई मेयर लिम्बुले धनयबाद दिएका छन् ।






