कञ्चनपुर : १७ भदौ २०७९। नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ “क” ले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि नाम सिफारिस गरेको छ ।

जसमध्ये ९ जना प्रत्यक्षतर्फका आकांक्षी छन् भने ८ जनालाई समानुपातिकतर्फको उम्मेदवार बनाउन सिफरिस गरिएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ क का सभापति मानबहादुर रोकायाले जनाएका छन्।

ससदिय निर्वाचन नजिकिदैँ गर्दा काँग्रेस कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ “क” बाट प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ अमरजन साउद, कृष्ण ब. तमाङ्ग, जगदिश राना, तुलाराम राना, दाउत तामाङ्ग, बन्धु राना, भरत ब. बिष्ट, सुक ब. तमाङ्ग र हरि प्रसाद अधिकारी गरि जम्मा ९ जनाको नाम सिफरिस भएको थियो ।

त्यसै गरि समानुपातिकतर्फ अजबसिंह राना, चमेली तमाङ्ग, ठगी राना, तनुराज पन्त, दिर्खसिंह ठकुरी, प्रेम ब. थापा, बिन्दु श्रेष्ठ र मिरा देवी चन्द लगायत ७ जनाको नाम सिफारिस भएको छ।






